लाब्दामा कलश यात्रा गर्दै शुरु भयो श्रीमद् भागवत महापुराण

Shrimad Bhagwat Mahapuran in Labdah Mungpoo
विगत वर्ष झैं यसपल्ट पनि लाब्दा विभाग स्थित सार्वजनिक भवन कार्की डाँडामा सप्तदिनव्यापी श्रीमद भागवत महापुरण आजदेखि शुभआरम्भ भएको छ | आज उद्घाटनी कार्यक्रममा बिहान नजिकैको शिव मन्दिरको दर्शन गर्दै यहीं मुहान फुटेको धाराबाट कलशमा पानी भरेर कलश यात्रा शुरु गरिएको थियो | जुन यात्राले यहाँको दोङाङ छ्योइलिङ गुम्बाको परिक्रमा गरेर नालीडाँडा नजिकसम्म पुगी पुन: महापुराण स्थलमा आइ समापन गरेपछि अन्य कार्यक्रमहरुको शुभआरम्भ भएको थियो | आयोजक समितिका सभापति अनि सचिवद्वय पवन राई अनि प्रणय राईले बताए अनुसार आज ५ मईको दिन शुरु भएको महापुराण आगमी ११ मईसम्म रहनेछ जसमा हरेक दिन बिहान ६ बजेदेखि ११ बजे सम्म पुजा अर्चना, अपरान्ह १२:३० देखि ४:३० बजेसम्म कथा वाचन अनि साँझ ६ बजेदेखि ८ बजेसम्म सिक्किम, कालेबुंग अनि स्थानीय भजन कलाकारहरुबाट संगीतमय भजनको प्रस्तुति रहनेछ | यस धार्मिक कार्यक्रममा पुल पाठ वासुदेवाय भट्टराई सिक्किमको रहनेछ भने कथावाचक दिवाकर अधिकारी कलेबुंग उपस्थित रहनेछ | यसै अवसरमा आयोजक समितिले सम्पूर्ण धर्मावलम्बी अनि भक्तजनहरुमा हरेक दिनको कार्यक्रममा उपस्थित भइ पुण्यको कर्ममा साक्षी बन्ने हार्दिक निमन्त्रण पनि गरेको छ || 
loading...

विगत वर्ष झैं यसपल्ट पनि लाब्दा विभाग स्थित सार्वजनिक भवन कार्की डाँडामा सप्तदिनव्यापी श्रीमद भागवत महापुरण आजदेखि शुभआरम्भ भएको छ | आज उद्घाटनी कार्यक्रममा बिहान नजिकैको शिव मन्दिरको दर्शन गर्दै यहीं मुहान फुटेको धाराबाट कलशमा पानी भरेर कलश यात्रा शुरु गरिएको थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.