रङबी विभागका वार्डहरुमा अमर सिहं राईको निम्ति चुनाव सभा सम्पन्न

TMC loksabha MP candidate Amarsingh Rai 2019
१७ औं दार्जीलिंग लोकसभा चुनावमा घाँस फूलको चिन्हमा पहाडका एक योग्य, इमान्दा शिक्षक अमर सिहं राईको पक्षमा गोजमुमो मङ्पु लाब्दा समष्टिको निर्देशनमा रङ्बी विभागमा १०३ अनि १०४ न० दुइवटा बुथको ४ वटा वार्डमा अविराम गतिले म्याराथन सभा क्रमैले ९ न० वार्डमा  ४ वटा १० न० वार्डमा  ५ वटा ११ न० वार्डमा ३ वटा अनि १२ न० वार्डमा ४ वटा गरि जम्मा १६ वटा वार्ड पकेट सभा नारी मोर्चा, युवा मोर्चा, पार्टी अनि मजदुर युनियनलाई साथमा लिएर शाखा सचिव जेपी राई अनि अध्यक्ष एचडी मोक्तानको पहलमा सम्पन्न भयो । १६ वटै पकेट सभामा सबै सघं संस्थालाई लिएर डाकिएको थियो | उक्त पकेट सभामा जनताको बाक्लो उपस्थिति रहेको थियो भने सचिव जेपी राईले प्रत्येक सभाको सम्बोधनमा अमर सिहं राई को हुन् र किन उहाँलाई हामीले घाँस फुलको चिन्हमा भोट दिनु पर्ने भन्ने कुराहरु छर्लङ्ग पार्दै स्थानीय विषयलाई नै केन्द्रित गरि मतदाताको ध्यानाकर्षण गरेका थिए | सम्बोधनमा प्रथम राजनैतिक चेतना देश काल परिस्थिति अनुरुप  सिन्कोनाको दयनीय अवस्थामाथि गहिरो चिन्ता व्यक्त गर्दै, स्थानीय विकाश, राजनैतिक सुरक्षा र शान्ति श्रृङखला कायम राख्ने विषयलाई जोड दिएर मतदाताको अन्तरमनलाई छुने विषयहरु समग्रमा राखे |
        धारावाहिक १६ वटा सभाहरुमा जनताबाट साथ र सहयोग प्राप्त भए पछि रङ्बी विभागका पार्टी कार्यलयमा बुथ कमिटी , भ्रातृ संगठन र कार्यकारिणी समितिको एउटा महत्त्वपूर्ण सभा बस्यो । उक्त सभाले विभागका शिक्षक शिक्षिकावर्ग अनि शिक्षासित सम्बन्धित सस्थान , अवकाश प्राप्त पुर्व सेना पुलिस अनि सम्पुर्ण साना ठुला बाहन चालक सगंठनहरुलाई पनि अमर सिहं राईलाई घाँस फुलको चिन्हमा मतदान दिई बिपुल मतले विजयी तुल्याउने हार्दिक अनुरोध सभामा सचिवले गरे । यसरी गोजमुमो रङ्बी शाखाले आफ्नो पार्टीप्रतिको कर्तव्यलाई निष्ठापुर्वक निवार्ह गरिरहेकोमा शाखाका ९० प्रतिशत जनताले मत अमर सिहं राईको पक्षमा खसाल्ने बिश्वास भएको जानकारी गोजमुमो लाब्दा मङ्पु समष्टि , खरर्सागं महकुमा समिति अनि केन्द्रीय समितिलाई अवगत पनि गराए ||

loading...

१७ औं दार्जीलिंग लोकसभा चुनावमा घाँस फूलको चिन्हमा पहाडका एक योग्य, इमान्दा शिक्षक अमर सिहं राईको पक्षमा गोजमुमो मङ्पु लाब्दा समष्टिको निर्देशनमा रङ्बी विभागमा १०३ अनि १०४ न० दुइवटा बुथको ४ वटा वार्डमा अविराम गतिले म्याराथन सभा क्रमैले ९ न० वार्डमा ४ वटा १० न० वार्डमा ५ वटा ११ न० वार्डमा

Read latest post filed under Election, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.