हिल टीएमसीद्वारा सांसद आह्लुवालिया बयानको घोर बिरोध

TMC Rongli Ronliot commitee
हिल टीएमसी रङली रङलीयट ब्लक कमिटिको तत्परतामा पार्टीका महिला समिति,युवा ,चियाबारी र सिन्कोना कर्मी युनियन,सरकारी कमचारी फेडेरेसन,धार्मिक संस्था,माध्यमिक तथा प्राथामिक विधालयका प्रतिनिधिहरुलाई लिएर संजय सुब्बाको अध्यक्षतामा ६ माइल सार्वजनिक भवनमा एक सभा आइतबारको दिन सम्पन्न भयो | उक्त सभामा सांसद आह्लुवालियाले भारतीय नेपालीहरु माथि गरिएको असबैधनिक मन्तब्य “भूमिपुत्र खोज्नेहरु नेपालका हुन् भन्ने बयानको  हिल टीएमसीले घोर प्रतिवाद जनाउदै उक्त बयान दिने संसाद समक्ष आवस्यक  परे कानुनी चुनौती दिने  साथै भारतीय नेपालीहरुको नगारिकता  माथि खुलेआम चुनाती दिने माथि  निर्वाचन कमिशन समक्ष नालिस गर्ने पनि सभामा प्रस्ताव ग्रहण गरियो | सभामा बिगत २५ फरवरी २०१९ मा कोलकोता भएको महत्वपूर्ण बैठकको पनि सभामा सबैलाइ अवगत  गराईयो | वर्तमान मङपु सिन्कोना निर्देशालय अन्तर्गत रहेका मजदुर देखि ग्रुप डी पदमा पद्दोनती र सरकारी अधिकारीवर्ग(जेष्ट व्यवस्थापकहरु)को नोकरी समयवाधिमा बृद्धिलाइ  मध्य नजर राख्दै जनहितको पक्षमा पार्टी,जिल्ला अध्यक्ष द्वारा पहल गरिदिनु पर्ने प्रस्ताव सहित अन्य विभिन्न जटिल समस्यहरुको रिपोर्ट वार्ड कमिटि ग्राम पंचायत एवम समष्टि हुदै जिल्ला समितिमा पेश गरिनु पर्ने  सभमा निर्णय लियो | पुस्कर सन्यासीले संचालन गरेको सभामा आगामी लोक सभामा  चियाबारी,सिन्कोनाबारी बनबस्तीको जमीनको पर्जापट्ट  सम्बन्धि पहल गरिन पर्ने निर्णय सहित जिल्ला प्रतितिनिधि अध्यक्ष समक्ष प्रस्ताव पेश गरिने सर्वसमातिको निर्णय सहित राज्य सरकार मर्फात  यो समस्य लोक सभा उमेद्वारले ग्रहण गर्नु पर्ने प्रस्ताव पारित गरियो | एस.एस.के,आइसीडीएसमा  कार्यरत समग्र शिक्षकवर्ग अनि कर्मीहरुको स्थायीकरण र पद्दोनती सम्बन्धि टीएमसी  पार्टीले पहल गर्नपर्ने साथै यस बिषयमा एक कमिटि गठन गरि आआफ्नो ब्लक  मार्फत जिल्ला अध्यक्ष कहा भेटगरि कोलकोत्ता सम्बन्धति विभागमा पहल गरिने निर्णय पनि पारित गरियो | सभामा जीटीए क्षेत्रका सयोजक  प्रदीप सोतांगलाइ चयन गरियो | तक्दाह ग्लेनबोन सडक निर्माण कार्य प्रोजेक्ट सेडुलको आधारमा बिना कमिसन सम्बन्धित ठेकादारद्वारा निर्माण कार्य सम्पन्न गरेको हुनु पर्ने छ जसको निगरानी पार्टी कार्यकर्ताहरुले कठोर रुपमा लिने प्रस्ताव पारित गरियो | पार्टी लगायत  सबै वर्गीय संगठनका प्रतिनिधि हरुले बिना सबुत सोसिएल मिडियामा टिका टिपणी  निन्दा बिरोध आलोचना केहि नगर्ने र यदी गरेको खण्डमा पार्टीले कुनै दायुत्व नलिने निर्णय लियो |
आजको सभामा संजय  सुब्बा,किरण ब्लोन,रेजिना गुरुङ,जीवन भट्टराई,गोबिन तामांग,दिब्य गुरुङ,सुराज गुरुङ प्रदिप सोतांग   लगायत पार्टीका आनी कार्यकर्ता उपस्थित थिए |
loading...

हिल टीएमसी रङली रङलीयट ब्लक कमिटिको तत्परतामा पार्टीका महिला समिति,युवा ,चियाबारी र सिन्कोना कर्मी युनियन,सरकारी कमचारी फेडेरेसन,धार्मिक संस्था,माध्यमिक तथा प्राथामिक विधालयका प्रतिनिधिहरुलाई लिएर संजय सुब्बाको अध्यक्षतामा ६ माइल सार्वजनिक भवनमा एक सभा आइतबारको दिन सम्पन्न भयो |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.