हिल महिला त्रृणामूल कांग्रेस मङपुद्वारा अन्तराष्ट्रीय महिला दिवस पालन

Internation Womens Day observed by TMC
हिल महिला त्रृणामूल कांग्रेस मङपुद्वारा रेसेप बजार स्थित पार्टी कार्यलयमा अन्तराष्ट्रिय महिला दिवस पालन गर्यो | कार्यक्रममा प्रथमत: रेजिना गुरुङ महा सचिव हिल महिला त्रृणामूल कांग्रेसले शारदा सुब्बा सभानेत्री हिल महिला त्रृणामूल कांग्रेसद्वारा प्रेसित संदेश पढेर सबैलाई सुनाए | उक्त कार्यक्रममा रोंगचोंग, रेसेप, लाब्दा, ग्राम पंचायतबाट आएका महिला कार्यकर्ताहरु माझ खदा आदान प्रदान गरेर एकआपसमा शुभकामना व्यक्त गरियो | यही अवसरमा महिलाको हक, अधिकार, समस्या, चुनौती समाधान लगायत पार्टीको क्रिया कलापमा सक्रिय सहभागिता बारे अन्तर्क्रिया गरियो | आगमी दिनहरुमा पार्टी बलियो र बिस्तार गर्न महिलाहरुको भूमिका लगायत विकाशको कामहरुमा उनीहरुले अवसर पाउँ पर्ने बारे पनि चर्चा गरियो | मुख्यमन्त्री ममता ब्यनार्जीको आदर्श र सिधान्तलाई शिरोपर गरि आउँदो समयमा अझ जोश र जाँगर लिई अघि बढ्ने सभाले निर्णय लियो |
यस कार्यक्रमबाट सम्पूर्ण चियाबारी, सिन्कोनाबासी, फरेस्ट बस्ति लगायत सम्पूर्ण क्षेत्रमा कार्यरत महिलाहरु प्रति अन्तराष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो || 
loading...

हिल महिला त्रृणामूल कांग्रेस मङपुद्वारा रेसेप बजार स्थित पार्टी कार्यलयमा अन्तराष्ट्रिय महिला दिवस पालन गर्यो | कार्यक्रममा प्रथमत: रेजिना गुरुङ महा सचिव हिल महिला त्रृणामूल कांग्रेसले शारदा सुब्बा सभानेत्री हिल

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.