गोरामुमो श्रमिक नेता जेबी तामाङलाई आज खरसाङ कोर्टमा उभ्याइएपछि एक दिनको पुलिस रिमाण्डमा लगिएको छ।
तामाङलाई आज दार्जीलिङ सदर अस्पतालबाट
सोझैं खरसाङ कोर्टमा आज अपरान्ह्र उभ्याइएपछि पुलिसले 7 दिनको पुलिस
रिमाण्डको माग गरे पनि न्यायाधीशले एक दिनको पुलिस रिमाण्डमा पठाएको
जानकारी जेबी तामाङको वकिल भरत गिरीले दिएका छन्।
उनले बताएअनुसार गत 25 मार्चको दिन
तामाङको सुनवाईको क्रममा थापा विरामी भएको कारणले गर्दा सुनवाई पूरा हुन
सकेको थिएन। आज उक्त सुनवाई पुरा भएर एक दिनको पुलिस रिमाण्डमा मिरिक पुलिस
थाना लगिएको छ। भोलि 29 मार्चको दिन पुन: खरसाङ कोर्टमा हाजिर गराइने भएको
छ।
http://pratibymba.com/
Post a Comment
We love to hear from you! What's on your mind?