हिल टीएमसी रोंगचोंग जीपीको सभा सम्पन्न

Darjeeling Hill Trinamool Congress Rongchong GP
गत शनिबार मंग्पुर विभाग प्राथमिक पाठशालामा हिल टीएमसी युवा एकाईको एक आलोचना सभा बिशाल राईको सभापतित्वमा सम्पन्न भयो | रोमन थापा नै दर्शन राईले संचालन गरेको सभामा रोंगचोंग जीपीका विभिन्न वार्डलाई लिएर युथको बुथ कमिटि गठन गरिएको छ | सभालाई सम्बोधन गर्दै रोंगचोंग जीपी टीएमसी सभापति बीएस राईले बिशेष रुपमा युवाहरु निश्चिन्त रुपमा पार्टीलाई सहयोग गरेर लाने साथै वार्ड नम्बर ५ लाई चाडै कुनैपनि सहुलियत प्राप्त गर्न सकिने कुराहरु राख्ने अनुरोध गरे | तिनले संगठनलाई मजबुत बनाउन युवावर्गको अहम भूमिका रहने पनि बताए | यसै लहरमा युवा संयोजक बिक्की तामांगले युथहरुलाई आउँदो चुनाव अवधि युथले सबैलाई जानकारी गराउंदै विपुल भोटले जिताएर सरकारलाई सहयोग गरिदिने अपिल राखे | यसरीनै नबिन मिश्र संयुक्त सचिवले युवाहरुलाई एकत्रित भइ सबै योजनाहरु बनाएर लैजाने अनुरोध गरे भने यसको निम्ति युथको ठुलो भूमिका रहेको बताए | टीएमसी पार्टी राष्ट्रीय पार्टी भएकोले सहुलियतको प्रसस्त प्रावधान रहेको जनाए ||
loading...

गत शनिबार मंग्पुर विभाग प्राथमिक पाठशालामा हिल टीएमसी युवा एकाईको एक आलोचना सभा बिशाल राईको सभापतित्वमा सम्पन्न भयो | रोमन थापा नै दर्शन राईले संचालन गरेको सभामा रोंगचोंग जीपीका

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.