अमरसिंह राईलाई जिताउने सिन्कोना ट्रेड युनियनको अपिल

Cinchona Plantation Workers Union
गोर्खा जनमुक्ति मोर्चा समर्थित सिन्कोना प्लान्टेशन वकर्स युनियनले दार्जीलिंगबाट १७ औं लोकसभा चुनावमा टीएमसी उम्मेदवार अमरसिंह राईलाई समर्थन गरेर भारी मतले बिजय बनाउन संकल्प लिएको छ | अमरसिंह राई दार्जीलिंग लोकसभा सिटको निम्ति एक योग्य उम्मेदवार हुन् | जीटीए क्षेत्रको बेरोजगार युवा युवतीहरुको निम्ति राईले धेरै कार्यहरु गरेका छन् भने नगरपालिका, शैक्षिक संस्थान, राज्य स्तरीय विश्व विधालयसम्म भित्राउन सक्षम व्यक्ति तिनी हुन् | विगत १०५ दिनको बन्दले धराशय बनेका सिन्कोना बगानलाई बगानको उज्ज्वल भविष्य बनाउन सम्पूर्ण सिन्कोनाबासीका मतदाताहरुले भारी मतले बिजय गराइदिने हामी अपिल गर्छौं | मोर्चा ट्रेड युनियनले सिन्कोना ग्रुप डी पदोन्नति प्रक्रियाको सम्पूर्ण दस्तावेजी कामहरु सिधाएको छ र चुनावको आचार संहिता धारा समाप्तपछि सिन्कोना ट्रेड युनियन उक्त पदोन्नति कार्यमा लागी पर्नेछ | सिन्कोनाको संरक्षण एवम व्यवर्धन बिस्तारमा दिर्घकालदेखि ट्रेड युनियन लागी परेको छ भन्ने जानकारी युनियन कार्यकारिणी सभापति गगन राई, जोन सभापति किशन बुडाथोकीको उपस्थितिमा मोर्चा ट्रेड युनियनको पक्षबाट प्रचार प्रसार सचिव रिनेश शेर्पाले दिएका छन् ||
loading...

गोर्खा जनमुक्ति मोर्चा समर्थित सिन्कोना प्लान्टेशन वकर्स युनियनले दार्जीलिंगबाट १७ औं लोकसभा चुनावमा टीएमसी उम्मेदवार अमरसिंह राईलाई समर्थन गरेर भारी मतले बिजय बनाउन संकल्प लिएको छ |

Read latest post filed under cinchona, Election, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.