मङपुमा डिजिटल ईभीएम मेशिनबारे जनचेतना कार्यक्रम

Awareness camp on EVM machine at Mungpoo
आइतबार चुनाव मिति घोषणा हुनुसाथ दार्जीलिङ जिल्ला  प्रशासनद्वारा आचार विधि  अनुसार जिल्लाभरि नै काम शुरु गरेको छ | दार्जीलिंङ जिल्ला अन्तर्गत रङली रङलीयट तक्दाह खण्ड पर्ने मङपु  रेसेप बजारमा  डिजिटल ईभीएम मेशिनबाट भोट कसरी लगाउनु पर्ने बारेमा बुधबार  जनचेतना कार्यक्रम राखियो | लोक प्रसार प्रकल्प दार्जीलिङ अनि तक्दाह ब्लकको कर्मचारीको सयुक्त आयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय जनताले डेमो ईभीएम मेशिनबाट कसरी भोट हाल्न सकिन्छ भन्ने बारेमा जानकारी लिए | आजको कार्यक्रममा खण्ड बिकास कार्यलयबाट विन्धिया शर्मा, निलम बस्नेत, राजेश शर्मा रोङचोङ ग्राम पंचायात सचिव रमेशचन्द्र प्रधान, रेसेप ग्राम पंचायत कर्मचारी आर के परियार, बीएलओ रोङचोङ रबि लेप्चा अनि लोक प्रसार प्रकल्प दार्जीलिङबाट सुधा राई, सुर्यकला मुखिया अनि दार्जीलिंङ सुचना अनि संस्कृतिक बिभाग कर्मचारी पंकज  शर्मा उपस्थित थिए | उक्त टोलले आज मङपुको  रेसेप लाब्दा अनि रोङचोङको विभिन्न ठाउँहरुमा पुगेर आगामी १८ अप्रेलमा हुने लोकसभामा मत कसरी खसालिन्छ भन्ने बारेमा सबैलाई जानकारी गराए | उक्त टोलीले टिस्टा,मङपु, तीनमाईल अनि ६ माइल क्षेत्रमा पनि जनचेतना कार्यक्रम राखेर मतदाताहरुलाई  कसरी भोट हाल्न सकिनेछ भन्ने बिषयमा जनतालाई औगत गराए ||
loading...

आइतबार चुनाव मिति घोषणा हुनुसाथ दार्जीलिङ जिल्ला प्रशासनद्वारा आचार विधि अनुसार जिल्लाभरि नै काम शुरु गरेको छ | दार्जीलिंङ जिल्ला अन्तर्गत रङली रङलीयट तक्दाह खण्ड पर्ने मङपु रेसेप बजारमा

Read latest post filed under Election, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.