अगमसिंह गिरी विधालयको २० वर्षे स्थापना दिवस सम्पन्न

Agamsingh Giri School Mungpoo 20th Foundation Day
मङपुको एउटा शैक्षिक संस्थान अगमसिंह गिरी निम्नोच्च विधालयले आफ्नो दुई दशकीय स्थापना दिवस गत मंगलबार धुमधाम कार्यक्रमको साथ सम्पन्न गर्यो | ७४ धुरा गाउँका बरिष्ठ व्यक्ति भीम खरेलको सभापतिवमा सम्पन्न कार्यक्रममा बीके गुरुङ प्रधान अध्यापक ज्ञानपीठ विधालय प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए | संजय राईद्वारा संचालित कार्यक्रममा विधालय प्रधान अध्यापक रुपाश बोम्जनले उपस्थित सम्पूर्णलाई स्वागत जनाएका थिए | विधार्थी नानीहरुबाट स्वागत गीत प्रस्तुत गर्दै शुरु भएको कार्यक्रममा डा० एपीजे अब्दुल कलाम श्रेष्ठ प्राचार्य पुरस्कारले सम्मानित ज्ञानपीठ विधालय प्रधान अध्यापक बीके गुरुङलाई सम्मान स्वरूप स्मारिका, टोपी, साल र खदा अर्पण गरियो | कार्यक्रम अवधि विधार्थी नानीहरुले विभिन्न गीत अनि नृत्यहरु प्रस्तुत गर्दै कार्यक्रमलाई अझ रोचक पारेका थिए भने वार्षिक पुरस्कार वितरणकै शिलशिलामा वर्ष २०१८ को वार्षिक परिक्षामा पहिलो, दोश्रो अनि तेश्रो हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरियो | एकातिर विधालयले २० वर्ष पुरा गरेको अवसरमा स्थापना दिवस मनाइरहेका थिए भने अर्कोतिर विधालयले हालै सरकारी मान्यता पाएको सरकारबाट नोटिफिकेशन जारी भएकोमा मुख्यमन्त्री ममता ब्यनार्जी, शिक्षा विभाग मन्त्री पार्थ च्याटर्जी साथै जीटीए बीओए अध्यक्ष विनय तामांग, उपाध्यक्ष अनित थापालाई विधालय परिवारले कृतज्ञता प्रकट गरेका छन् ||
loading...

मङपुको एउटा शैक्षिक संस्थान अगमसिंह गिरी निम्नोच्च विधालयले आफ्नो दुई दशकीय स्थापना दिवस गत मंगलबार धुमधाम कार्यक्रमको साथ सम्पन्न गर्यो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.