सरस्वती विधालयबाट मुखर्जी सरलाई दिए विदाई

Saraswati High School farewell to Arup Mukharjee
सरस्वती उच्चतर माध्यमिक विधालय मङपुका सह शिक्षक अरुप कुमार मुखोपाध्यायको विदाई कार्यक्रम विधालय भवनमा विधालयकै शिक्षिका प्रभारी चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न भयो | अरुप कुमार मुखोपाध्याय (मुखर्जी सर) गणितका शिक्षकको रुपमा विधालयमा सन् १९८४ देखि कार्यरत थिए अनि २८ फरवरीको दिन उनले आफ्नो कार्यकाल पुरा गरेका हुन् | मुखर्जी सर यस क्षेत्रमा आएपछि यहाँकै वातावरणमा भिजेर बसेका एक सज्जन व्यक्ति थिए | भलिबल खेलमा खुबै रुची राख्ने तिनले मङपुमा भलिबल खेलको क्षेत्रमा क्रान्तिनै ल्याएका हुन् | मुखर्जीका छोरा यसै क्षेत्रमा उच्च प्राथमिकसम्मको शिक्षा हासिल गरी हाल एमबीबीएस गरेका छन् अनि सुपुत्री पल्वी मुखर्जीले सरस्वती विधालयबाट परिक्षामा दार्जीलिंग टपर भएकी थिइन | उनले आज इन्जिनियरिंगको शिक्षा सकेकी छन् | यी दुवैको उपस्थितिले पनि आजको कार्यक्रमको गुरुत्व बढाएको थियो | कार्यक्रममा सरस्वती माताको प्रतिकृतिमा माल्यार्पणपछि विदयी शिक्षक अरुप मुखर्जीलाई शिक्षक शिक्षिकावर्ग, अशिक्षण कर्मचारी, विधार्थीवर्गले माल्यार्पण तथा उपहार प्रदान गरे | विधार्थी संदेश तामांगले शिक्षकप्रति आफ्नो श्रद्धा प्रकट गर्दै नेपाली र हिन्दीमा दुईवटा कविता पठन गरे | शिक्षक शरद रावत लिखित भाषणको प्रस्तुतिपछि यसको प्रतिलिपि विदायी शिक्षकलाई शिक्षिका प्रभारी चन्द्रकला राईले हस्तान्तरण गरिन | अरुप मुखर्जीले रुद्ध कण्ठमा उपस्थितिलाई सम्बोधन गरे | चन्द्रकला राईले मुखर्जी सरको योगदानलाई प्रकाश पार्दै आफ्नो दुई कुरा राखे भने कार्यक्रमलाई शिक्षक विशोर कार्कीले संचालन गरेका थिए ||
loading...

सरस्वती उच्चतर माध्यमिक विधालय मङपुका सह शिक्षक अरुप कुमार मुखोपाध्यायको विदाई कार्यक्रम विधालय भवनमा विधालयकै शिक्षिका प्रभारी चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.