पीडब्ल्युडी फाटकदेखि दोकानडाँडासम्मको सडक मर्मती कार्य शुरु

PWD bunglow nalidara to Dokan dara Rungbee road repairing
यसै महिनाको पहिलो सप्ताह गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाद्वारा शिलान्यास गरिएको नालीडाँडा पीडब्ल्यु फाटकदेखि रङबी विभाग दोकान डाँडासम्मको सडक मर्मति कार्य शुरु भइसको छ | दाल्ज्योर कन्स्ट्रकशन कम्पनी मङपुद्वारा गरिने उक्त सडक बिहिबार विधिवत पुजा अर्चना गर्दै थालनी गरिएको छ | धेरै वर्षहरुदेखि जीर्ण अवस्थामा रहिरहेको रेशेप बजार रोडका विभिन्न स्थानहरुमा खाल्डो परिसकेको, अलकत्र उप्किसकेकोले साधारण जनता लगायत वहान चालकहरुलाई धेरै असुविधा भइरहेको थियो भने यसपल्टको मर्मती कार्यमा पीडब्ल्यु बङलोदेखि रेशेप बजार हुँदै कटवाल गोलाईसम्मको सडकमा मेस्टिक लगाएर अझ पक्का बनाउने जानकारी प्राप्त छ | यसरी नै कटवाल गोलाईदेखि रङबी विभाग दोकान डाँडासम्म भने साधारण रुपमा मर्मति कार्य गरिने भएको छ | बाटोको अवस्था जीर्ण रहेकोले रङबी बिचकमानका जनता लगायत सवारी साधान चालकहरुलाई पनि धेरै वर्षहरुदेखि नै असुविधाको सम्मुखिन हुन परेको थियो जो अबको मर्मति कार्यले सबैलाई नै लाभ हुने आशा क्षेत्रबासीको छ ||
loading...

यसै महिनाको पहिलो सप्ताह गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाद्वारा शिलान्यास गरिएको नालीडाँडा पीडब्ल्यु फाटकदेखि रङबी विभाग दोकान डाँडासम्मको सडक मर्मति कार्य शुरु भइसको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.