१६ वटा विपक्षी पार्टीहरूले भेट्न पाएनन् दार्जीलिंग जिल्लापाल

All party unity for protection of democratic rights
दार्जीलिङ पहाड अनि तराईका मोठ 16 वटा राजनैतिक पार्टीहरूद्वारा गठित अल पार्टी युनिटी फर प्रोटेक्शन अफ् डेमोक्रेटिक राइटका प्रतिनिधिहरूले आज जिल्लापालसित भेट गर्न पाएनन्। जसले जिल्लापाल कार्यालय परिसरमा जिल्लापालसित भेट गर्न लगभग डेढ घण्टा कुर्नुपरे बताउँदै यसबाट फेरि दार्जीलिङमा गणतन्त्र नरहेको प्रमाणित भएको छ यस कमिटीले बताएको छ।
यसबारे क्रामाकपा नेता किशोर प्रधानले क्षोभ व्यक्त गर्दै भने-विगत डेढ वर्षदेखि दार्जीलिङ पहाडमा गणतन्त्र थिएन र आज फेरि यहाँ गणतन्त्र छैन भन्ने स्पष्ट भएको छ। हामी आज 16 वटा पार्टीमध्ये 11 वटा पार्टीका नेतृत्वहरू गणतन्त्र पुनर्बहाल अनि पहाड राजनैतिक कार्यक्रमहरू गर्न पाउनुपर्छ भन्ने विषय लिएर कुरा गर्न जिल्लापाललाई भेट्न आएका थियौं। तर हामीलाई जिल्लापाल कार्यालय बाहिर डेढ घण्टा रूंग्दा पनि उनीसित भेट गर्न दिइएन। डेढ घण्टापछि हामीलाई एडीएम एलआरसित भेट गर्न भनियो। तर हामी जमीनको समस्या लिएर यहाँ आएका होइनौं, यसैले हामीले एडीएम एलआरसित भेट गर्न चाहेनौं। उनले अब शीघ्रै अल पार्टी युनिटी फर प्रोटेक्शन अफ् डेमोक्रेटिक राइटले एक सभाको आयोजना गरेर आगामी दिनमा के कसो गर्नुपर्ने हो, त्यसमाथि छलफल गर्ने भएको छ।
प्रधानले भने-दार्जीलिङ पहाडमा गणतन्त्र छैन, यसको पुनर्बहाल गर्नुपर्छ भन्ने विषय लिएर नै गत केही दिनअघि क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले यहाँ एक संगोष्ठीको आयोजना गरेको थियो, जसमा 15 वटा राजनैतिक पार्टीका प्रतिनिधिहरूले भाग लिएका थिए। त्यसपछि जनआन्दोलन पार्टीले पनि कालेबुङमा एक कार्यक्रमको आयोजना गरेको थियो र आज दार्जीलिङमा जिल्लापालसित भेट गर्न कार्यक्रम बनाएका थियौं। तर जिल्लापालले भेट गर्न चाहेनन्, यसैले अब अल पार्टी युनिटी फर प्रोटेक्शन अफ् डेमोक्रेटिक राइटले कलकत्ता र दिल्लीसम्म आफ्नो कार्यक्रमलाई लाने योजना बनाएको छ।
यसैबीच, आगामी 24 फरवरीको दिन सिलगढीमा एक संगोष्ठीको आयोजना गरिने र 27 फरवरीको दिन दार्जीलिङमा एक जनसभा गर्ने पनि तय गरिएको छ। यसबारे प्रधानले भने-वर्ष 2017-को गोर्खाल्यान्ड आन्दोलनपछि राज्य प्रशासनले दार्जीलिङ, कालेबुङ, मिरिक, खरसाङ आदि क्षेत्रमा पहाडका सत्तापक्षका राजनैतिक दलहरूबाहेक अन्य राजनैतिक पार्टीहरूलाई गणतान्त्रिक कार्यक्रम गर्नमा रोक लगाइरहेको छ। जसको कारण साधारण जनताले आफ्नो गणतान्त्रिक हक र अधिकारहरू गुमाउऩ परिरहेको छ। विपक्षी राजनैतिक पार्टीहरूले आफ्नो स्थापना दिवससमेत खुल्लारूपमा पालन गर्न पाएका छैनन्। देशको संविधानको धारा 19 ले दिएको वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सम्मेलन गर्ने अधिकार वर्तमानमा पहाडका विपक्षी राजनैतिक पार्टीहरूले प्रयोग गर्न पाइरहेका छैनन्। यो एउटा विशेष क्षेत्रका मानिसहरूका लागि सरासर अन्याय हो। तर यसको ठीक विपरीत सत्तापक्षका पार्टीहरूले जहाँ पायो, त्यहीं कार्यक्रमहरू गर्ने अनुमति पाइरहेका छन्। आज दार्जीलिङ जिल्लापालसित भेट गर्न जाने पार्टीहरूमा क्रमैले क्रामाकपा, गोरामुमो, जाप, कंग्रेस, गल्फ,गोर्खालीग साथै अन्य सामेल थिए।

http://pratibymba.com/
loading...

दार्जीलिङ पहाड अनि तराईका मोठ 16 वटा राजनैतिक पार्टीहरूद्वारा गठित अल पार्टी युनिटी फर प्रोटेक्शन अफ् डेमोक्रेटिक राइटका प्रतिनिधिहरूले आज जिल्लापालसित भेट गर्न पाएनन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.