खरसाङ भेकबाट १०० भन्दा अधिक गोरामुमो समर्थक पसे गोजमुमोमा

GNLF supporter from kurseong joins GJM
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को बलियो घड़ेरी भएको मानिने खरसाङ भेक लोकसभा चुनाउको मुखैमा धस्किएको छ। खरसाङ महकुमाअधिनस्थ लङभिउ चियाकमानक्षेत्रका 100 भन्दा अधिक गोरामुमो समर्थकहरू आज गोजमुमो विनय- अनित खेमामा सामेल भएका छन्। गोजमुमो महासचिव अनित थापाको बाहुलीबाट गोजमुमोको झण्डा ग्रहण गरेर आजदेखि गोजमुमोमा रही क्षेत्रको विकास अनि व्यवस्थापनको दिशामा अघि बड़्ने ती समर्थकहरूले बताएका छन्।
सुवास घिसिङपछि गोरामुमोलाई सहीरूपमा नेतृत्व दिने भरपर्दो नेताहरू नभएको कारणले हालमा गोरामुमोले आफ्नो मुद्दालाई समेत सठीकरूपमा अघि बड़ाउन नसकिरहेको तथा गोरामुमोमा रहेर आफ्नो क्षेत्र अनि मानिसहरूको कुनै उल्लेखनीय विकासकार्यहरू गर्न नसकेकोले गर्दा नै आफूहरू गोजमुमोमा सामेल भएको उनीहरूले बताएका छन्।
गोजमुमोले पहाड़को विकास अनि शान्ति स्थापना गर्न जुन सोच- विचार लिएर काम गरिरहेका छन् त्यो साच्चै सराहनीय छ। अनित थापा अनि विनय तामाङले जनतालाई ढाँटेर होइन तर साँचो बोलेर अनि आश्वासनमात्रै दिएर होइन तर विभिन्न प्रकारको विकासकार्यहरू गरेर देखाइरहेका छन्। उनीहरूमा पहाड़ अनि पहाड़वासीको निम्ति केही गर्छु भन्ने जोश- जाँगर छ। जनताले चाहेको पनि यही हो। यसैले हामीले पनि  जनताको निम्ति काम गर्ने नेताको साथ दिनुपर्छ भन्ने सोचेर गोजमुमोमा सामेल भएका हौं, आजदेखि गोजमुमोमा सामेल भएका गोरामुमो समर्थकहरूले गोजमुमोका झण्डा ग्रहण गरेपछि यसो भने।
गोजमुमोमा सामेल भएका गोरामुमो समर्थकहरूलाई स्वागत जनाउँदै पहाड़को विकास अनि पहाड़वासीको भविष्य निर्माण गर्नुको निम्ति सबै एकजुट भएर कार्य गर्नु आवश्यक रहेको गोजमुमो महासचिव अनित थापाले बताए।हामी पहाड़लाई बचाउने अनि बनाउने सोच राखेर निरन्तर काम गरिरहेका छौं। कसैलाई ढाँटेको छैनौं।हामीले गरेको कामहरू जनताले देखिरहेका छन्। यसैले जनताले हामीलाई विश्वास गरेर हाम्रो झण्डामुन्नि आइरहेका छन्।हामी यसरी नै सबैलाई समेटेर पहाड़को सुन्दर भविश्य निर्माण गर्नेछौं, गोजमुमो महासचिव अनित थापाले नयाँ समर्थकहरूलाई पार्टीमा स्वागत गर्दै यसो भने। उनीसित गोजमुमो खऱसाङ महकुमा समितिका शीर्षस्थ नेतृत्त्वहरू पनि समर्थन सभामा उपस्थित रहेका थिए।
एकातिर लोकसभा चुनाउमा आफ्नै प्रार्थी लिएर चुनावी मैदानमा उत्रिने मन बनाएर गोरामुमो अध्यक्ष मन घिसिङ स्वयँ विभिन्न क्षेत्रहरूको भ्रमण गरिरहेका छन् भने अर्कोतिर आफ्नो बलियो गढ़ मानिएको क्षेत्रबाट 100 भन्दा अधिक समर्थकहरू गोजमुमोमा सामेल हुनाले गोरामुमोलाई गत्तिलै झट्का लागेको छ।

http://pratibymba.com
loading...

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को बलियो घड़ेरी भएको मानिने खरसाङ भेक लोकसभा चुनाउको मुखैमा धस्किएको छ। खरसाङ महकुमाअधिनस्थ लङभिउ चियाकमानक्षेत्रका 100 भन्दा अधिक गोरामुमो समर्थकहरू आज गोजमुमो विनय- अनित खेमामा सामेल भएका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.