बन्दना राई गोर्खालीगको प्रस्तावित सांसद प्रार्थी, पार्टीले चाडै गर्ने सर्वदलीय बैठक

Bandhana Rai ABGL proposed candidate for Lok Sabha 2019
अखिल भारतीय गोर्खालीग (प्रताप खाती) गुटले पनि आगामी 10 जनवरीभित्र लोकसभा चुनाउ विषय लिएर सर्वदलीय बैठक गर्ने तय गरेको छ। जसमा गोजमुमो विमल गुरूङपन्थी, विनय तामाङपन्थीका साथै तृणमूल कंग्रेसलाई पनि निम्तो दिने आज गोर्खालीगका मूलसचिव प्रताप खातीले बताए।
उनले भने-आगामी लोकसभा चुनाउमा स्थानीय भूमिपुत्र नै उम्मेद्वार हुनपर्छ। जो-सित आफ्नो स्थानबारे असल कार्य गर्ने, आफ्नो ठाउँको विकास गर्ने सकारात्मक सोंच होस्। यसैले गोर्खालीगले बन्दना राईलाई यसपालीको लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट उम्मेद्वार बनाउने प्रस्ताव राखेको हो। उनले बन्दना राईले गत वर्ष दार्जीलिङ पहाडमा भएको गोर्खाल्यान्ड आन्दोलनको समय दार्जीलिङ पहाड र यहाँका जनताको हितमा दिल्लीमा बसेर धेरै कार्य गरेको बताउँदै उनले जति आफूले पनि केही गर्न नसकेको जनाए।
उनले भने-गत वर्ष दार्जीलिङ पहाड 104 दिनसम्म बन्द भयो, यहाँका जनताले भोट दिएर संसद पुर्याएका सांसद एसएस आहलुवालियाले एक दिन पनि यहाँ आएर जनताको दुःख, मर्का सोध्नेसम्म काम गरेनन्। यति मात्रै होइन, आहलुवालिया सांसद बनेपछि  गत वर्षदेखि नै दार्जीलिङ आएका छैनन्। यसको साटो उनले आफ्नो स्थान आसनसोलमा विकास गरिरहेका छन्। यसरी नै यसअघि पनि गोजमुमोले पंजाबबाट भाजपाकै नेता जसवन्त सिंहलाई ल्याएर यहाँबाट सांसद बनाएको थियो, उनले पनि दार्जीलिङ संसदीय क्षेत्रको लागि पाएको धनराशि आफ्नै स्थानको विकासमा लगाए। उनीहरूले आफ्नो स्थानको सोंच थियो र छ, त्यसैले उनीहरूले आफ्नै ठाउँको विकास गरे। यसैकारण यसपालीको लोकसभा चुनाउमा स्थानीय भूमिपुत्रलाई उम्मेद्वार बनाएर संसद पठाउनुपर्छ। जसले दार्जीलिङको लागि सोंचुन् र यहाँकै विकास गरून्। यदि वर्ष 2014-को लोकसभा चुनाउमा स्थानीय भूमिपुत्रलाई उम्मेद्वार बनाएर सांसद बनाइएको भए, गत वर्ष भएको आन्दोलनकालको जस्तो स्थिति सृजना हुने थिएन।
यसैले सबैको सहमति बनाउनको लागि नै गोर्खालीगले आगामी 10 जनवरीभित्र एक सर्वदलीय बैठक गर्ने योजना बनाएको उनले बताए। यसरी नै गोर्खालीग अध्यक्ष एसके प्रधानले गोर्खालीगलाई भारतव्यापीरूपमा बिस्तार गरेर लाने विषयमाथि जोड दिए। उनले भने-गोर्खाल्यान्डको माग दार्जीलिङ पहाडभित्र सीमित रहेको कारण नै यो अहिलेसम्म सफल हुन नसकेको हो। यदि भारतभरि गोर्खा जातिको पार्टीलाई दह्रिलो बनाइएको भए, अहिलेसम्म गोर्खाल्यान्डको मुद्दा पार लागिसक्ने थियो। यसलाई ध्यानमा राखेर नै गोर्खालीगले पार्टीलाई भारतभरि बिस्तार गर्ने योजना बनाएको हो। यसै क्रममा आसाम निवासी यमप्रसाद आचार्यलाई आसाम गोर्खालीग समन्वयक बनाइएको पनि उनले जानकारी गराए।
यसैबीच, आज गोर्खालीगले स्थानीय लाडेनला रोडस्थित पार्टी कार्यालयमा स्व. देवप्रकाश राईको 92औं जन्म जयन्ती पनि पालन गर्यो भने आगामी 23 जनवरीको दिन डम्बर सिंह गुरूङको जन्म जयन्ती कालेबुङमा पालन गर्ने योजना बनाएको बताए।

http://pratibymba.com/
loading...

अखिल भारतीय गोर्खालीग (प्रताप खाती) गुटले पनि आगामी 10 जनवरीभित्र लोकसभा चुनाउ विषय लिएर सर्वदलीय बैठक गर्ने तय गरेको छ। जसमा गोजमुमो विमल गुरूङपन्थी, विनय तामाङपन्थीका साथै तृणमूल कंग्रेसलाई पनि निम्तो दिने आज गोर्खालीगका मूलसचिव प्रताप खातीले बताए।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.