देछेन थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको स्वर्ण जयन्ती

Golden Jubilee celebration by Dichhen tharpaling sarvajanik baudha gumba
विगत १९६८ सालमा निर्मित सार्वजनिक बौद्ध गुम्बा दिछेन थार्पालिङ को २०१८ सालमा स्वर्ण जयन्ति भब्यताको साथ पालन गरियो | समारोहमा बिशेष गरी रिन्पोछे डुप्ला (घ्यासे) सिक्किम अनि जिग्मी टुल्कु नालीडाँडा गुम्बाको आगमनसंगै मुख्य अतिथि मधुसुदन छेत्री रहेको थियो भने साङगे डुप्ला रिन्पोछेबाट छिमी बाली स्वर्ण जयन्तीको बौद्ध पंचशील झण्डा उत्तोलन गरि समारोह शुरु गरियो | १९६८ सालमा क्याब्जे झ्याटल साङगे दोर्जे रिन्पोछेको आगमनमा निर्मित बुद्धिष्ट गुम्बाले ५० वर्षको खुड्किलो टेकी विभिन्न वर्षहरुमा राम्रो राम्रो पुजाहरु गरेर भक्तजनलाई आशिष प्रदान गरिरहेको छ | समारोहमा गुम्बाले स्वर्ण जयन्तिमा स्वर्ण जयन्ति यात्रा किताब  पनि विमोचन गर्यो भने क्यालेन्डर २०१९ पनि सार्वजनिक गर्यो | कार्यक्रममा विगत दिनहरुमा बौद्ध गुम्बा निर्माण कार्यमा सहयोग पुराउने समाजसेवीहरुलाई सम्मान पत्र साथै स्मृति पत्र पनि प्रदान गरियो | यसै कार्यक्रममा दार्जीलिंग तामांग गुम्बाबाट छाम्पला. छाम्पला साङगे टाँसी सिक्किम लोपेन साङगे ठीङले दार्जीलिंग अनि मङपु भरिका अतिथि साथै विशिष्ट अतिथिहरु उपस्थित रहेका थिए भने यस स्वर्ण जयन्तिको अवसरमा काङग्युर र लेङग्युर ग्रन्थ पठन गरि आगमी २६ दिसम्बरको दिन रङबी विभाग देछेन थार्पालिङ सार्वजनिक बौद्ध गुम्बामा वाङ वितरण गुरु साङगे डुप्ला रिन्पोछे सिक्किमद्वारा गरिने प्रचार प्रसार समिति सदस्य हर्क पाख्रीनले जानकारी दिएका छन् भने कार्यक्रमलाइ पुस्कर सिंगरले संचालन गरेका थिए ||
loading...

विगत १९६८ सालमा निर्मित सार्वजनिक बौद्ध गुम्बा दिछेन थार्पालिङ को २०१८ सालमा स्वर्ण जयन्ति भब्यताको साथ पालन गरियो | समारोहमा बिशेष गरी रिन्पोछे डुप्ला (घ्यासे) सिक्किम अनि जिग्मी टुल्कु

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.