त्रिवेणीमा १४ र १५ जनवरीमा हुनेछ गोर्खा खाद्य उत्सव

Traditional Gorkha Dish with 84 vegetable items - Chaurasi Byanjaan
चौरासी व्यंजन
अल इण्डिया गोर्खा भान्सा घर सेफ एसोसिएशन (All India Gorkha Bhansaghar Chef Association) ले आगामी 14 र 15 जनवरी दिन टिस्टा त्रिवेणीमा दुइ दिवसीय गोर्खा खाद्य उत्सवको आयोजना गर्ने तय गरेको छ। विशेष नेपाली समुदायमा प्रचलित खानाहरूलाई स्थानीयसँगै देशका ठूल्ठूला होटल, रेष्टोरेन्ट आदिमा पनि परिचित तुल्याउने उद्देश्यले नै प्राथमिक कदमअनुसार, एसोसिएशनले यो दुइ दिवसीय गोर्खा खाद्य उत्सव पालन गर्ने निर्णय लिएको एसोसिएशनका अध्यक्ष साम्सोन तामाङले जनाएका छन्।
उनले भनेअनुसार, आगामी 14 र 15 जनवरी दिन आयोजना गरिने गोर्खा खाद्य उत्सवको उद्देश्य केवल मौज मस्ती गर्न मात्रै होइन, यसबाट धेरै ज्ञान प्राप्त गर्न सकिनेछ। दार्जीलिङ पहाड, हिमाली राज्य सिक्किम आदि स्थानमा उत्पादन हुने साग-सब्जी आदिबाट धेरै असल अनि पौष्टिक खाद्यहरू बनाउऩ सकिन्छ। यदि पहाडमा उत्पादन हुने साग-सब्जीको प्रत्येक होटल, रेष्टोरेन्टमा माग बढ्न थाले यसले पहाडका कृषक दाज्यू-भाइको आर्थिक स्थिति बलियो बनेर जानेछ साथै पहाडमा उत्पादन हुने जैविक साग-सब्जी स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ। यसैले स्वास्थ्यको लागि लाभदायक साग-सब्जीबाट बनिने खाद्यहरू प्रत्येक होटल र रेष्टोरेन्टमा पाउन शुरू भए यसले सबैको भलो भएर जानेछ। यसै विषयलाई लिएर हाल देशका विभिन्न उत्कृष्ट होटलहरूमा कार्यरत गोर्खा सेफहरूलाई लिएर नै अल इण्डिया गोर्खा भान्सा घर सेफ एसोसिएशनको गठन गरिएको हो। जसले 14 र 15 जनवरीको दिन खाद्य उत्सव पालन गर्ने तय गरेको तामाङले जनाए।
जीटीए अध्यक्ष विनय तामाङको मुख्य आतिथ्यमा आयोजना गरिने भएको यस खाद्य उत्सवको अवसरमा नै एसोसिएशनले यसै पेशामा संलग्न रहेका युवाहरूलाई सम्मान पनि जनाउने निर्णय लिएको छ। उनले स्थानीय साग-सब्जी, चामल, मकै तथा अन्य कैयौं खाद्य सामग्रीहरूद्वारा बनिने गोर्खे खानालाई प्रत्येक होटल, रेष्टोरेन्टमा प्रचलित तुल्याउन प्राथमिक चरणमा गाह्रै पर्ने देखिए पनि असम्भव केही छैन भन्दै यसो हुनसके पहाडका बेरोजगार युवा-युवतीहरू पनि यस पेशामा लागेर आफ्नो जीवन सुनौलो बनाउन सक्ने बताए। उनले यस दुइ दिवसीय खाद्य उत्सवको अवसरमा नै युवावर्गलाई एक असल सेफ कसरी बन्न सकिन्छ भन्नेबारे जानकारी पनि गराइनेछ।

http://pratibymba.com
loading...

अल इण्डिया गोर्खा भान्सा घर सेफ एसोसिएशन (All India Gorkha Bhansaghar Chef Association) ले आगामी 14 र 15 जनवरी दिन टिस्टा त्रिवेणीमा दुइ दिवसीय गोर्खा खाद्य उत्सवको आयोजना गर्ने तय गरेको

Read latest post filed under festival, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.