युनाइटेड ब्रदर्स कालेबुङ अघि घुँडा टेक्दै केएफसी सिलिगुडी बाँकी म्याचदेखि बाहिर

United brothers Kalimpong wins KFC Siliguri
मङपु गोल्ड कपको तेश्रो म्याच आज युनाइटेड ब्रदर्स कालेबुङ बनाम केएफसी सिलिगुडी माझ सम्पन्न भयो | शुरुदेखिनै रोमान्चक खेलमा दुवै दलका खेलाडीहरुले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने खेल शुरु भएको ३५ मिनटमा युनाइटेड ब्रदर्स कालेबुङको पक्षमा जर्सी नम्बर ५ रमीनको आक्रमक गोलले केएफसीलाई तर्साए | सिलिगुडीको प्रतिष्ठित फूटबल क्लब केएफसी माथि ठुलो आशा राख्ने दर्शकहरु केही बेर निराश बनेपनि केएफसीले सकेसम्म गोल सुलाउने कोशिश गरे | दुवै दलको गोल गर्ने घोर प्रतिश्पर्दा बिच ७० मिनटमा पुन: युनाइटेड ब्रदर्स कालेबुङका १५ नम्बर जर्सीधारी पालसाङ भोटियाको दोश्रो गोलले आफ्नो दललाई विजय बनाउन प्राय: पक्का पक्की भइसकेको थियो | यसरी निर्दिष्ट समयभित्र पनि कुनै गोल गर्न नसक्दा केएफसी सिलिगुडी २ गोलको विरुद्ध शुन्य गोलले हार स्वीकार्दै मङपु गोल्ड कपको बाँकी म्याचहरुदेखि बाहिरिनु पर्यो | खेल अवधि युनाइटेड ब्रदर्स कालेबुङका जर्सी नम्बर कन्या राई र पालसाङ भोटियाले पहेंलो कार्ड पनि स्विकार्नु पर्यो | अब अर्को म्याच १२ अक्टोबरको दिन अमुक्त परिवारको भिडन्त सेयर कालेबुङसित हुनेछ ||
loading...

मङपु गोल्ड कपको तेश्रो म्याच आज युनाइटेड ब्रदर्स कालेबुङ बनाम केएफसी सिलिगुडी माझ सम्पन्न भयो | शुरुदेखिनै रोमान्चक खेलमा दुवै दलका खेलाडीहरुले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने खेल शुरु भएको ३५

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.