अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन मङपु सिम्ले शाखाको सत्प्रयासमा मङपु विभागमा सार्वजनिक गुरुङ गुम्बाको निर्माण हेतु धर्मगुरु लामा लाक्पा गुरुङद्वारा भूमि पुजन कार्यक्रम सम्पन्न भयो | गत बुद्धबार पुण्य तिथिको छेक पारेर चारजना कन्याहरुद्वारा उक्त गुम्बाको आधार शिला खडा गरी भूमि पुजा अर्चना कार्यक्रम सम्पन्न भयो | गुम्बा निर्माण समितिलाई विभागीय पक्षबाट आधिकारिक पत्र (एनओसी) प्राप्त भए वापत आज उक्त कार्यक्रम सम्पन्न गरिएको हो | कार्यक्रममा मङपु भेकका सबै विभागबाट आमन्त्रित व्यक्तिवर्गको व्यापक उपस्थिति रहेको थियो भने उपस्थित व्यक्ति तथा धर्मगुरुद्वारा अग्निलाई साक्षी राखी हवन कार्यक्रम सम्पन्न गरि गुम्बा निर्माणमा कुनै प्रकारको विघ्न – वाधा नआवोस भनी प्रार्थना गरिएको जानकारी गुम्बा निर्माण समिति सचिव अमिर गुरुङले दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?