105 दिने आन्दोलनको समय पुलिस हिरासतमा नै मृत्यु भएको गोजमुमो नेता वरूण भूजेल निधन भएको दिनलाई विमल खेमाका गोजमुमो समर्थकहरूले शपथ दिवस-को
रूपमा पालन गर्ने विमल गुरूङले घोषणा गरेका छन्। विमल गुरूङको तर्फबाट आज
एउटा प्रेस विज्ञप्ति जारी गरिएको छ जसमा उनले उक्त घोषणा गरेका छन्।
गुरूङले जारी गरेको उक्त विज्ञप्तिमा यसरी लेखिएको छ- गोर्खाल्याण्डको
निम्ति संघर्ष गर्दा पश्चिम बंगाल पुलिसको क्रूर पञ्जामा परेर कस्टडियल
डेथ- को शिकार बनेका संग्रामी शहीद बरूण भूजेलको पुण्यतिथि आगामी 25
अक्टोबरलाई हामी गोर्खा जनमुक्ति मोर्चाले शपथ दिवस को रूपमा पालन गर्ने
निर्णय लिएको जानकारी गराउँदछु।
उनको बन्दी अवस्थामा भएको मृत्युको एक
वर्ष पुग्दा पनि उनको परिवारले अहिलेसम्म न्याय नपाएको आरोप पनि गुरूङले
लगाएका छन्।बंगाल पुलिस वरूण भूजेलको मृत्युको कारण बताउन सक्ने अवस्थामा
नरहेको आरोप लगाउँदै गुरूङले भारतको संविधानको सुरक्षामा खटिएको
पुलिसद्वारा नै नागरिक जीवनको सुरक्षा सम्बन्धि सम्वैधानिक अधिकार हनन
गरिएको आरोप लगाउँदै उक्त दिनलाई कालो दिनको उपमा पनि उनले दिएका छन्। वरूण
भूजेलको शहादत सम्पूर्ण गोर्खाहरूको स्वाभिमान अनि राजनैतिक अस्मिताको
निम्ति रहेको उल्लेख गर्दै विमल गुरूङले शहीद वरूण भूजेलले देखेको सपनालाई
पूरा गर्ने जिम्मा प्रत्येक गोर्खाहरूले लिनुपर्ने पनि बताएका छन् भने
समग्र गोर्खाहरूलाई आगामी 25 अक्टोबरलाई शपथ दिवसको रूपमा पालन गरिदिने पनि
आह्वान गरेका छन्। समग्र गोर्खाहरूले आफ्नो घरमा, चोक, मन्दिर,गिर्जा,
गुम्बा, मस्जिदहरूमा दीयो अनि मोमबत्तीहरू बालेर वरूण भूजेलको निधन भएको
दिनलाई शपथ दिवसको रूपमा पालन गरिदिने विमल गुरूङले आफ्नो विज्ञप्तिमा
आह्वान गरेका छन्।
http://pratibymba.com
Post a Comment
We love to hear from you! What's on your mind?