मङपुदेखि जोगीघाट, सिटोङ जाने सडक लाब्दामा पहिरोले बाधित

Landslide at shiva mandir labdah jogighat road
मङपु नालीडांडादेखि लाब्दा विभाग हुँदै जोगीघाट पुगेर सिटोङ घलेटार, शेल्पू लाठपन्चर तथा खरसाङ जाने सडक लाब्दा विभाग शिव मन्दिर नजिक हिज रातीको भारी वर्षाको कारण माथिबाट पहिरो सोहोरिएर आइ बन्द भएको छ | सडक बन्द भएपछि सबै भन्दा पहिला लाब्दा विभागबासी नै प्रभावित भए पनि संगसंगै सिटोङ, तोर्योक आदि क्षेत्रबाट मङपुका विधालयहरुमा अध्ययान विधार्थीहरु, दुधवाला लगायत मङपु भएर सिलिगुडी कालेबुंग अनि जिल्लाका अन्य शहरहरुतिर जाने दैनिक वहानहरु पनि ठप्प बनेको छ | अर्कोतिर बर्तमान पर्यटनको रफ्तार पक्रिन्दै गइरहेको सिटोङ क्षेत्रमा आउने पर्यटकहरु पनि यही सडक भएर जाने गरेकोले त्यस क्षेत्रका विभिन्न लजहरुतिर रहेका पर्यटक अनि नयाँ आउने पर्यटकहरु पनि बिचल्लनीमा परेका छन् | बिशेष गरेर यस स्थानमा धेरै वर्षदेखि हरेक साल पहिरो चलेर सडक सर्दै तलतल पुगेको कारण कतिपय सम्बन्धित विभागहरुले यसको वैकल्पिक मार्गको निम्ति निरीक्षण गरेपनि हालसम्म व्यवहारिकतामा शुन्य छ | विगत केही सालदेखि लाब्दा ग्रामसेवक प्राथमिक पाठशालादेखि नालीडांडासम्मको सडकको अवस्था प्राय: बगर जस्तो बनिसके पनि सम्बन्धित विभागबाट केही ठोस पहल भने गरिएको छैन | यही सन्दर्भमा केही महिना अघि नालीडांडादेखि शिव मन्दिरसम्मको सडक मर्मति गरिने भनेर ठेकेदारहरुले नरिवल फुटाउदै शिलान्यास गरेपनि सो कार्य किन हुनसकेको छैन कुनै जानकारी छैन | हालमा नालीडांडादेखि लाब्दा विभाग हुँदै जोगीघाटसम्म जाने एकमात्र पीएमजीवाईएस सडकको पनि अवस्था दयनीय साथै यसको कारण क्षेत्रबासीले भोग्न परिरहेको असुविधाहरु बारबार विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशनमा आएपनि सरोकार पक्ष, ठेकेदार र सम्बन्धित विभाग इन मौन छ यो सोंच्नैपर्ने विषय बन्दै गइरहेको छ | जे होस्, विकल्परहित यो सडकको शिव मन्दिर नजिक झरेको पहिरोलाई सम्बन्धित विभाग साथै यसका ठेकेदारहरुले समयमै खुलाउन नसके मङपु सिटोङ लगायत बाहिरबाट आउने मानिसहरु सम्पूर्णले ठुलै असुविधा भोग्न पर्ने स्पष्ट देखिएको छ ||
loading...

मङपु नालीडांडादेखि लाब्दा विभाग हुँदै जोगीघाट पुगेर सिटोङ घलेटार, शेल्पू लाठपन्चर तथा खरसाङ जाने सडक लाब्दा विभाग शिव मन्दिर नजिक हिज रातीको भारी वर्षाको कारण माथिबाट पहिरो सोहोरिएर आइ बन्द भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.