स्वतन्त्रता दिवस च्यालेन्ज शिल्ड अब शुरु हुने

Independence Day Celebration in mungpoo
अघिल्लो वर्षहरुतिर झैँ यस वर्षको स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै मङपु खेलकूद संघले भब्य कार्यक्रम गर्ने जानकारी संघको पक्षमा राम पोख्रेलबाट प्राप्त भएको छ | यही कार्यक्रम अन्तर्गत लात्तेभकुण्डो प्रतियोगिता पनि सम्पन्न हुनेछ जसमा मङपुभरिका इन्टरमिडियट अन्तर विधालयमाझ सम्पन्न हुनेछ भने सिनयर खुल्ला लात्तेभकुण्डो प्रतियोगिता पनि सम्पन्न हुने तय भएको छ | जसको निम्ति यसै महिनाको २८ जुलाई सम्ममा इच्छुक दलहरुले आफ्नो दलको भर्ना शुल्क बुझाइसक्नुपर्नेछ भने ३० जुलाईदेखि यो प्रतियोगिता सम्पन्न भएर १५ अगस्त अर्थात भारतको स्वतन्त्रता दिवसको दिन फाइनल खेला हुनेछ | विजेता टोलीलाई स्वतन्त्रता दिवस च्यालेन्ज शिल्डसंगै आकर्षक नगद राशी पनि पुरस्कारको रुपमा प्रदान गरिनेछ | स्वतन्त्रता दिवसको दिन विभिन्न रंगारंगी कार्यक्रमहरु बिच चुडान्त खेलको आयोजना हुने भएकोले आयोजक समिति सम्पूर्ण मङपुबासीलाई कार्यक्रमको जानकारी गराउंदै हार्दिक निमन्त्रणा पनि गरेको छ ||
loading...

अघिल्लो वर्षहरुतिर झैँ यस वर्षको स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै मङपु खेलकूद संघले भब्य कार्यक्रम गर्ने जानकारी संघको पक्षमा राम पोख्रेलबाट प्राप्त भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.