मङपुमा गोरामुमोको सभा | सांगठानिक चर्चा गर्नुको साथै गोजमुमो र बिनय तामांगको सक्दो आलोचना गरे

Gorkha National Liberation Front flag
पहाडको सत्तासिन दल गोर्खा जनमुक्ति मोर्चा मर्यादाविहिन छ, आफूलाई जीटीएको चौकीमा राखेर राजनैतिक निचोड निकाल्न सकिरहेका छैनन् | मुद्दा छिनोफानो गर्नुको साटो आफ्नो स्वार्थ अनुकूल सरकारसित सहमती जुटाउन व्यस्त छन् | बङ्गाल प्रतिको झुकाउले दार्जीलिंग पहाडलाई अफ्ठ्यारो स्थितिमा पुराएको छ | नेताहरुले आफू बसेको चौकी फेबीक्वीकले टाले जस्तो चौकीमा टाँसिएर बस्नु हुँदैन | जनताको काम गर्न सेक्रिफाइस गर्न सक्नुपर्छ | खरसाङ ब्रान्च गोरामुमो पुर्वसचिव निमा लामाले यसको भने | तिनले गत बिहिबार गोरामुमो मङपुको सांगठानिक सभालाई सम्बोधन गर्दै यसो भनेका हुन् | तिनले अझ भने – गोरामुमोले एचएडीसी पार्टीको अन्तरकलहले त्यागेको होइन, यस्तो भ्रममा नपर्नु | एचएडीसी त्याग्नु दार्जीलिंग पहाडकै निम्ति फाइदाजनक छ, अध्यक्ष मन घिसिंग स्वार्थमा छैन, यसकारण अब फेरि एक पटक गोर्खा स्वाभिमान र सुरक्षाको निम्ति युद्ध लड्न पर्नेछ | दार्जीलिंग पहाडलाई बचाउन यहाँको भूमि सुरक्षित राख्न स्व० सुबास घिसिंगले गोर्खाल्याण्ड र छैटौं अनुसुचि जस्तो मुद्दा उठाई दिएका थिए तर दार्जीलिंगको मानिसहरुले अहिलेसम्म यस मुद्दाप्रति गम्भीर हुनको साटो पैसा बाँड्ने पार्टीहरुकैपछि लागेको पनि लामाले बताए | पहाडको बर्तमान राजनैतिक क्रममा १५ जुलाईदेखि उता नयाँ टर्निङ पोइन्ट आउने पनि तिनले बताएका छन् | यसको साथै तिनले १५ जुलाई खरसाङमा एचपीडब्ल्युयुको कार्यक्रममा सिन्कोना बगानबाट पनि व्यापक उपस्थिति दिनपर्ने बताए |
सभालाई सोनादा टुंग समष्टि सचिव भुपेन गुरुङले सम्बोधन गर्दै बिनय तामांगले पहाडमा ३ वटा ठुला ठुला जनसभा गरेर आफ्नै पोल खोलेका छन्, लाखौँ रुपियाँ खर्चमा गरिएको सभाबाट जय बङ्गाल भनेपछि बङ्गाल प्रति मोह तर पहाडप्रतिको दायित्व नराखेको उदाहरण बिनय तामांग र गोजमुमोले दिएको छ | गुरुङले पाँच देसिमल जमीनको पर्चापट्टा बारे बोल्दै यो पर्चापट्टा सरकारको षड्यन्त्र बताए | तिनले भने पुस्तौंदेखि बस्दै आएको मानिसहरुका जमीन कसरी ५ डिसीमल मात्र भयो ?
मङपु लाठपन्चर समष्टिको आयोजनामा सम्पन्न उक्त सभामा गोरामुमो सांगठानिक चर्चा गर्नुको साथै गोजमुमो र बिनय तामांगको सक्दो आलोचना गरे | 
जीएनडब्ल्युओ नेत्री पेमु छेत्रीले पहाडमा नेताहरु भाषण मात्र दिने तर उपलब्धि शुन्य रहेको बताए | तिनले अझ भने गोजमुमो र बिनय तामांगले पहाडमा जनसभा गरेर आफ्नै दाजु भाइलाई रीस देखाए, बिनय तामांगसित क्षमता र आँट छ भने कलकता र ममतालाई रीस देखाउन | बिनयले ममता ब्यनार्जी र टीएमसीलाई गाली गर्न नसक्नुको स्पष्ट अर्थ बङ्गालप्रेमी भएको पेमु छेत्रीले बताइन |
यही सभालाई सम्बोधन गर्दै एचपीडब्ल्युयु मङपु सहसचिव आशिषदीप राईले बर्तमान सिन्कोना बगानको व्यवस्थापनमाथि नीति, नियमरहित अमर्यादित काम भइरहेको बताए | तिनले भने – हाल सिन्कोना उध्योग जीटीएमा अन्तर्भुक्त छ तर बिनय तामंगले भ्रष्टचार गर्दिन भने पनि हालसम्म सिन्कोनाको बार्षिक प्लान र नन प्लान बजेट कति हो सो स्पष्ट पारेका छैन | सिनकोना जीटीएमा छ भन्दै जनतालाई आफ्नो पार्टीमा आउन प्रेरित गर्ने गोजमुमोले जीटीएलाई सिन्कोनाको वार्षिक बजेट किन सोद्धैन? १० र २० दिने श्रमिकहरुलाई किन अस्थायी रुपमा राख्छ? किन १० र २० दिनको मात्र वेतन दिन्छ ? अवकास प्राप्त कर्मचारीहरुले किन पेन्सन पाएन? किन बदला काम पाएन ? सिन्कोनाबाट उत्पादित बस्तुहरुका बजार प्रबन्ध गर्न किन सक्दैन ? गन्तिघरमा राजनीति गरेर मात्र हुँदैन सिन्कोना बिकाशको निम्ति योजनाबद्ध बनाएर काम गर्न आवश्यक छ, तिनले थपे |
सभामा एचपीडब्ल्युयु सचिव रितेश तामांगले पनि सम्बोधन गर्दै सिन्कोना बगानमा एचपीडब्ल्युयुले पनि सही काम गर्छ तर गोजमुमोले श्रेय लिने काम गर्छ भने गोजमुमो भनेको अरुको कामको श्रेय लिने पार्टी हो भनी बताए
| सभामा लाठपन्चर, घलेटार, महल्दीराम, सिटोङ कमान, रन्जुभेल्ली, रेसेप फरेस्ट बस्ति लगायत मङपुका गोरामुमो समर्थकहरुको पनि उपस्थिति रहेको थियो ||
loading...

पहाडको सत्तासिन दल गोर्खा जनमुक्ति मोर्चा मर्यादाविहिन छ, आफूलाई जीटीएको चौकीमा राखेर राजनैतिक निचोड निकाल्न सकिरहेका छैनन् | मुद्दा छिनोफानो गर्नुको साटो आफ्नो स्वार्थ अनुकूल सरकारसित सहमती जुटाउन व्यस्त छन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.