मोर्चा मङपु लाब्दा समष्टि पुर्व सभापति-सचिवसंगै भारी समर्थक टीएमसीमा सामेल

Morcha MUngpoo Labdha samasty President Secretary joins TMC
टीएमसीको झण्डा ग्रहण गर्दै मोर्चा सभापति सचिव उर्गेन शेर्पा, रतन लामा
मङपु, ३ जून, राजेश थापा: गोर्खा जनमुक्ति मोर्चाद्वारा विगतमा छेडिएको १०५ दिने गोर्खाल्याण्डको आन्दोलनमा मङपु लाब्दा समष्टिबाट अग्र पंक्तिमा जनप्रतिनिधित्व गर्दै आन्दोलनलाई नेतृत्व दिने मोर्चाका कर्मठ नेताद्वय पूर्व सभापति उर्गेन शेर्पा अनि सचिव रतन लामाले आज हिल तृणामूल कंग्रेस पार्टीको झण्डा ग्रहण गर्दै पार्टीमा सामेल भएको छ | दुवै नेताले आज यहाँको नालीडाँडामा आयोजित हिल तृणामुल पार्टीको जनसभा बीच राज्यसभा सांसद तथा तृणामूल नेत्री शान्ता छेत्रीको बाहुलीबाट झण्डा ग्रहण गरेका हुन् | 
GJMM Supporter joins TMC in Mungpoo
टीएमसी पार्टीमा सामेल हुने अन्य मोर्चा समर्थकहरु

Ratan Lama addressing TMC meeting at Mungpoo Nalidara
सभालाई सम्बोधन गर्दै मोर्चा पूर्व सचिव रतन लामा
आफू टीएमसी पार्टीमा सामेल भएको घोषणा गर्दै पुर्व सचिव रतन लामाले ले भने “आज यसरी हामी टीएमसी पार्टीमा किन सामेल हुनपर्यो त्यसको वृतान्त जानकारी मङपुबासीलाई छ, मैले जनाई बस्न पर्दैन | दु:खमा साथ दिने नै असल मित्र हुन् | अब सम्पूर्ण पहाडनै विकाशको लहरमा उठेपछि मङपुमा आजसम्म हुन नसकेका कतिपय विकासमुलक कार्य योजनाहरु साथै यहाँको मूल उद्योग सिन्कोना श्रमिकहरुका दीर्घ दिनदेखिको समस्याहरुलाई टीएमसी पार्टीकै माध्यमबाट मात्र समाधान हुने कुरोमा बिश्वस्त छु |” तिनले बर्तमान मोर्चाका नेताहरुलाई नदोश्याई हामीले भने “हामी ले हाम्रा पुराना साथी भाईहरुलाई हेर्यौं, पर्ख्यों अनि जति जनासित सल्लाह मिल्यो त्यति स्वेच्छाले टीएमसीमा सामेल भयौं |
शान्ति, बिकास, गणतन्त्र, रोजगार अनि साम्प्रदायिक एकता हाम्रो लक्ष्य भन्दै हिल तृणामूल कांग्रेस लाब्दा मङपु समष्टि अभिभावक समुहको आयोजनामा सम्पन्न आजको समर्थन जनसमर्थन सभामा मोर्चाका यी दुई नेता संगै युवा मोर्चाका सक्रिय नेता निर्मल छेत्री, नारी मोर्चाका सक्रिय सदस्य मनु कामी, मनोज सुब्बा लगायत रेसेप धुरा, रेसेप बजार, रेसेप फरेस्ट बस्ति, नालीडाँडा, सिम्ले धुरा, किम्बु धुरा, लालुङ बस्ति, रङजु भेल्ली, बिचकमान अनि  लाब्दा विभागबाट पनि गोजमुमो अनि गोरामुमोका २२० भन्दा अधिक समर्थकहरुले टीएमसी पार्टीको झण्डा ग्रहण गरे भने भूतपूर्व विधार्थी मोर्चा सभापति खरसाङका सनम तामांगले पनि टीएमसी पार्टीको झण्डा ग्रहण गरे | बिके गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई टीएमसी नेता किरण ब्लोन, अर्पणदीप थापाले संचालन गरेका थिए भने उपस्थित टीएमसी पार्टी समर्थक साथै पार्टीमा सामेल हुन आउने समर्थकहरुलाई संजय सुब्बा सभापति रङली रङलियट खण्डले स्वागत जनाएका थिए |
सभालाई सम्बोधन गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले आफु पहिले विधायक हुँदादेखिनै मङपुको निम्ति धेरै काम गरेको यहाँका जनताले नभूलेको बताउँदै बर्तमान राज्यकी मुख्यमन्त्री ममता ब्यनार्जीले मङपुबासीकै हितमा राज्य विश्वविधालय मङपुमा निर्माण गर्ने घोषणा गरिसकेको कुरा दोहोराइन् | मुख्यमन्त्रीले नै यहाँ आइटीआई, रविन्द्र संग्राहलय मर्मती, नयाँ भवन निर्माण आदि योजनाहरु कार्यरुपमा ल्याएको प्रत्यक्ष उदारण सबै सामु रहेको तिनले अझ बताइन् | सभामा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, केबी गिरी, सन्तोष खवास, समीर लोप्चन, पेमा मोक्तान आदिले पनि सम्बोधन गरेका थिए | सभामा खरसाङ समष्टि पार्टी प्रभारी साथै वार्ड कमिश्नर मिङमा भुटिया (आजी), बीबी छेत्री, गोरुबथान ब्लक कमिटि सभापति पेमा दोर्जी तामांग, पहाडी माइनोरिटी बोर्ड बोर्ड भाइस चेयरमेन अरिफ खान, तमु गुरुङ बोर्ड भाइसचेयरमेन पामु गुरुङ, कालेबुंग युवा कांग्रेस सभापति प्रनेश राई, टीएमसी दार्जीलिंग महकुमा समिति महिला अध्यक्षा सारदा सुब्बा, रेजिना गुरुङ लगायत मङपु क्षेत्रका क्षेत्रीय नेतृत्व साथै समर्थकहरुको व्यापक उपस्थिति रहेको थियो ||

loading...

गोर्खा जनमुक्ति मोर्चाद्वारा विगतमा छेडिएको १०५ दिने गोर्खाल्याण्डको आन्दोलनमा मङपु लाब्दा समष्टिबाट अग्र पंक्तिमा जनप्रतिनिधित्व गर्दै आन्दोलनलाई नेतृत्व दिने मोर्चाका कर्मठ नेताद्वय पूर्व सभापति उर्गेन शेर्पा अनि सचिव रतन लामाले आज हिल तृणामूल कंग्रेस पार्टीको झण्डा ग्रहण गर्दै पार्टीमा सामेल भएको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.