सिन्कोना समस्या लिएर मन्त्री अब्दुर रज्जाक मोल्लालाई टीएमसी युनियनले चडाए मेमोरेन्डम

Minister Abdur Razzak Molla in Mungpoo
Food Processing Industries and Horticulture Minister Abdur Razzak Molla in Mungpoo
मङपु, ३ जून, निस: हिल तृणामूल कांग्रेस मङपुद्वारा साँझ पख यहाँको नाली डाँडामा पश्चिम बङ्गाल हर्टिकल्चर अनि फुड प्रोसेसिङ मन्त्री अब्दुल रज्जाक मोह्ल्ललाई  स्वागत जनायो | यसै अवसरमा टीएमसी सिन्कोना प्लान्टेशन वकर्स युनियन सभापति अनि सचिवको नेतृत्वमा यहाँको सिन्कोना निर्देशक सभागृहमा हस्तलिखित मेमोरेन्डम पनि चडाइएको छ जुन मेमोरेन्डममा सिन्कोनालाई अब पश्चिम बङ्गाल सरकारले नै संचालन गर्न पर्ने, श्रमिकदेखि पदोन्नति झट्ट गरिनुपर्ने, पीएससी परिक्षाद्वारा छानिएको कुइनोलोजिस्ट, बोटानिस्ट अनि एसिस्टेन्ट म्यानेजरहरुको झट्ट नियुक्ति गरिनु पर्ने मागहरु उल्लेख गरिएको छ | यसको साथै मङपुको सरकारी अस्पतालमा झट्ट डाक्टर अनि कम्पाउण्डरको नियुक्ति गरिनुपर्ने, कुइनाइन, इमेटिन साथै गैरीबासमा अवस्थित डायोजिनको फ्याक्ट्री चाडै संचालन गर्नु पर्ने पनि उक्त मेमोरेन्डममा उल्लेख गरिएको छ | हाल सहायक व्यवस्थापकको नियुक्ति लिएर कार्य शुरु भइसकेको जसको नाम नयन थापा रहेको जानकारी सिन्कोना निर्देशक डा० सामुयल राईले दिएको पनि टीएमसी कार्यकर्ताले जानकारी गराएको छ | पार्टी अनि युनियन प्रतिनिधिहरु अन्य रहल पद नियुक्ति प्रक्रिया पनि चाडो गरिनपर्ने माग सिन्कोना निर्देशक सामु पनि राखेका छन् || 
loading...

हिल तृणामूल कांग्रेस मङपुद्वारा साँझ पख यहाँको नाली डाँडामा पश्चिम बङ्गाल हर्टिकल्चर अनि फुड प्रोसेसिङ मन्त्री अब्दुल रज्जाक मोह्ल्ललाई स्वागत जनायो | यसै अवसरमा टीएमसी

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.