विश्व पर्यावरण दिवसमा मङपुका विभिन्न स्थानहरुमा वृक्ष रोपन कार्यक्रम

Planting tree on Environment Day Mungpoo
विश्व पर्यावरण दिवसमा मङपुका विभिन्न स्थानहरुमा वृक्ष रोपन कार्यक्रम
विश्व पर्यावरण दिवसको अवसरमा लाब्दा विभाग मङपुको आयोजना साथै निर्देशक सिन्कोना अनि अन्य पौधाहरुको ब्यानरमा एक वृक्ष रोपन कार्यक्रम साथै स्वच्छता अभियान जोगीघाट नजिक रियाङटार मन्दिर परिसरमा भब्यरुपमा सम्पन्न भयो | कार्यक्रमको आरम्भमा विभिन्न पाठशालाका नानीहरु, भूपु कर्मचारी लगायत शिक्षक शिक्षिकावर्ग, मजदुर – सामाजिक संस्थाहरुको उपस्थिति साथै सहभागितामा मङपु सरकारी सिन्कोना व्यवस्थापक जे सादाले विश्व पर्यावरण दिवसको महत्व अनि यस दिनलाई केवल औपचारिकतामा मात्र सिमित नराखी व्यवहारिक कार्यमा पनि ध्यान दिनुपर्ने कुरा राख्दै पाठशालामा शिक्षक शिक्षिकावर्गले पनि नानीहरुलाई समेत पर्यावरण, बन जंगल विषय अध्ययान संगसंगै सिकाएर लानपर्ने बताए | लाब्दा विभागीय गयाङमेन एमबी रसाइलीको संयोजन अनि अध्यक्षतामा सम्पन्न बृहत वृक्ष रोपन कार्यक्रमलाई सफल पार्न सहभागिता दिनेहरुमा व्यवस्थापक मङपु जेसव सादा, नव नियुक्त सहव्यवस्थापक उज्वल पन्ती, बरिष्ठ नागरिकवर्गमा डीएस प्रधान, केएस राई, कमल थापा, केबी राई, विभिन्न प्राथमिक पाठशालाहरु क्रमैले लाब्दा एमएसकेबाट रतन कुमार छेत्री, बीबी प्रधान, एकिता तामांग, रन्जु तामांग, आनन्द प्रधान, सुधिर पाख्रिन, सुरेन पाख्रिन, डल्फिन नर्सरी एकाडेमी प्रमुख सुभद्र बोम्जन, प्रियाँजली थापा, सेन्ट एन्थोनी स्कुल प्रमुख सन्तोष विश्व एवम अन्य शिक्षिकागण, ग्राम सेवक प्राथमिक पाठशाला प्रमुख विन्ध्या गोतामे, लाब्दा सिपी प्राथमिक पाठशाला प्रमुख रिता पाख्रीन, पवन राई आदिको सहभागिता रहेको थियो | यसरी नै सामाजिक संस्थाहरुमा लाब्दा ट्राइबल वेलफेयर एसोसिएशन, डिभाइन युथ सोसाइटी आदिका सदश्यहरुको पनि सहभागिता थियो | कार्यक्रम अवधि पेय पदार्थ प्रदान गर्ने कैलाश पाख्रीन, भोजन प्रबन्ध बिशाल राई अनि सहयोगी क्याटरिङ आदिको योगदानलाई आयोजक पक्षले कृतज्ञता प्रकट गरे भने कार्यक्रममा व्यवस्थापकको बाहुलीबाट पैयुँको बिरुवा रोपिनुको साथै विभिन्न प्रजातिका बिरुवाहरु जस्तै रिठा, लप्सी, पानी सांस, भविस, कोइरालो, टांकी, फलेदो, रुख कटहर, एजेलिया, हेजलनट आदि पनि रोपन गरिएको जानकारी आयोजक पक्षबाट सुरेन पाख्रीनले दिएका छन् |

हु केयर्सद्वारा वृक्ष रोपन
 
विश्व पर्यावरण दिवसको महत्वलाई जनमानसमा सचेतता दिंदै हु केयर्स मङपु ब्रान्चले स्थानीय मङपुर् चौरास्थादेखि मङपु भ्यु पोइन्ट ४० विभागसम्मको हाइवे बाटोको किनारमा विभिन्न बोट बिरुवाहरु रोपण कार्य गरि पर्यावरण दिवस पालन गरेको छ | यसै पनि सेवाका हातहरु भएका हु केयर्स मङपु ब्रान्चले विभिन्न महत कार्यहरु मङपुमा संचालन गरी आइ रहेका छन् | उक्त बिरुवा रोपन एवम मङपु सुन्दरीकरण कार्यलाई हु केयर्स मङपु शाखा कोअर्डिनेटर दिव्या बराइली, सह कोअर्डिनेटर देवलाल मोक्तान, सुस्मा राई साथै अन्य सदस्यहरु श्याम प्रसाद राई, मनिषा राई, गगन राई, उर्गेन डुक्पा, बरुण राणा, रिकेश गुरुङ, लता राई आदिको उपस्थित रहेको जानकारी शाखाले दिएको छ |

डिभाइन युथ सोसाइटीद्वारा वृक्ष रोपन
 
डिभाइन युथ सोसाइटी लाब्दा विभागद्वारा विश्व पर्यावरण दिवस पालन गर्दै वृक्ष रोपन कार्यक्रम सम्पन्न गर्यो | सोसाइटी सभापति सलिम तामांग, सचिव कुशल राई लगायत सोसाइटीका सम्पूर्ण सदस्य सदस्याहरु कार्यक्रममा उपस्थित थिए | कार्यक्रममा विशेष अतिथि एवम निर्देशनको रुपमा सिन्कोना व्यवस्थापक, सह व्यवस्थापक साथै सिन्कोना लाब्दा विभागीय गयाङमेन आदि उपस्थित रहेका थिए |

रेसेप विभागमा वृक्ष रोपन

रेसेप बजार समाज कल्याण समिति, ब्रीज अफ होप, ठोक्पे किदुक समाज साथै रेसेप विभाग सरकारी सिन्कोना बगानको संयुक्त आयोजनामा स्थानीय रेसेप प्रभाग अधिनस्थ दाह संस्कार अग्नि गृह परिसरमा पर्यावरण स्वच्छता सम्बन्धि जागरुकता अभियान एवम वृक्ष रोपन कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा सिन्कोना व्यवस्थापक जे सादा, नव नियुक्त विभागीय अधिकारी उज्वल कुमार पति, रङजु भेल्ली विभाग साथै व्रिज अफ होप मङपु कोअर्डिनेटर बजेन शेर्पा, सहयोगी सत्यम राई, ठोक्पे किदुक समाज सभापति सचिव लाक्पा शेर्पा, फुचुङ शेर्पा, रेसेप विभाग गयाङमेन हरिप्रसाद राई, हेड चौकीदार सतिश तामांग साथै उनका सहयोगीहरु उपस्थित रहेका थिए | प्रथममा व्यवस्थापकको बाहुलीबाट वृक्ष रोपन शुरु गरिएपछि उपस्थित सबैले जम्मा पाँच सय विरुवा रोपन गर्यो | कार्यक्रमलाई भुपेन्द्र राईले सभापतित्व दिएका थिए भनी एक विज्ञप्ति मार्फत समितिका प्रचार प्रसार सचिव कपिल लोहारले जनाएका छन् |

रङबी ज्ञानपीठ विधालयमा पर्यावरण दिवस

रङबी ज्ञानपीठ विधालयमा विधालय प्रधान अध्यापक बीके गुरुङको सभापतित्वमा विश्व पर्यावरण दिवस समपन्न भयो | प्रधान अध्यापकले पर्यावरण दिवसको महत्व अनि हाम्रो कर्तब्य बारे संक्षिप्त सम्बोधन गरेपछि क्रमैले शिक्षक दिलिप गुरुङ अनि शिक्षिका कन्चन राईले स्थानीय पहाडी क्षेत्रका पर्यावरणको दुरावस्था, यसको कारण अनि निवारणलाई उल्लेख गर्दै विधार्थीवर्गलाई जानकारी दिए | शिक्षक अजय स्याङबोले प्लास्टिकको दुष्प्रभाव कसरी कम्ति गर्न सकिन्छ भन्ने कुरोलाई प्रदर्शन गरेर देखाए | कार्यक्रमको दोश्रो चरणमा शिक्षक सुजित तामांगको अगुवाईमा विधालय परिसर बाहिर विश्व पर्यावरण दिवस सम्बन्धि पोस्टरहरु लगाउने कार्य गरियो साथै सम्पूर्ण शिक्षक शिक्षिकावर्ग तथा विधार्थीवर्ग मिलेर विधालय परिसर सिमाना वरिपरी वृक्ष रोपन कार्यक्रम गर्यो ||  
loading...

विश्व पर्यावरण दिवसको अवसरमा लाब्दा विभाग मङपुको आयोजना साथै निर्देशक सिन्कोना अनि अन्य पौधाहरुको ब्यानरमा एक वृक्ष रोपन कार्यक्रम साथै स्वच्छता अभियान जोगीघाट नजिक रियाङटार मन्दिर परिसरमा भब्यरुपमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.