डिभाइन युथ सोसाइटीद्वारा सफाई अभियान

Cleanliness drive by Devine youth society
स्वच्छ भारत अभियानलाई शिरोपर गर्दै लाब्दा विभागका शिक्षित युवावर्गले डिभाइन युथ सोसाइटी नामक एउटा झुण्ड बनाइ सामाजिक सचेतना कार्यक्रमहरु गर्दै आइरहेको छ | आज मात्र यस सोसाइटीले लाब्दा विभागको ऐतिहासिक धरोहर मानिने दोङाङ छ्योइलिङ सार्वजनिक बौद्ध गुम्बादेखि मन बहादुर राईको घरसम्म पुग्ने बाटो साफ सफाई गरेको छ | बर्खाको शुरुमै भत्किएका नालीहरु अनि झोंडी जंगल सफाई गर्दै हिड्न लायकको बनाएको छ |सोसाइटीका सम्पूर्ण सदस्य सदस्या मिलेर यस सफाई अभियानलाई सफल बनाएका थिए | बिशेष गरेर यस प्रकारको अभियान गाउँ बस्ति, समाजमा मात्र नभएर यस्तो सफाई अनि सचेतना कार्यक्रमहरु सबैले नै देशभरि गरिन सके देश स्वत: स्वच्छ अनि सुन्दर भएर जाने सोसाइटीको बिचार छ | सफाई कार्यक्रमको अन्तमा सोसाइटी सभापति सलिम तामांगले सम्पूर्ण सदस्य सदस्यावर्गलाई धन्यबाद दिंदै आगमी दिनहरुमा सोसाइटीले अझ यस्तै सफाई अभियान सचेतना अनि गाउँ सुधारक कार्यक्रमहरु गरेर लाने बताएका छन् ||
loading...

स्वच्छ भारत अभियानलाई शिरोपर गर्दै लाब्दा विभागका शिक्षित युवावर्गले डिभाइन युथ सोसाइटी नामक एउटा झुण्ड बनाइ सामाजिक सचेतना कार्यक्रमहरु गर्दै आइरहेको छ | आज मात्र यस सोसाइटीले लाब्दा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.