मङपु लाब्दा समष्टिमा अनित थापाद्वारा विभिन्न योजनाहरुको शिलान्यास

Anit Thapa inaugurates projects in mungpoo
मङपु लाब्दा समष्टि परिभ्रमण गर्दै बीओए उपाध्यक्ष एवम गोजमुमो केन्द्रीय समिति महासचिव अनित थापाले रन्जुभेल्ली विभागमा जुनियर हाई स्कूल, चार किमी बाटोको शिलान्यास साथै भुमि पुजा गरेका छन् | समष्टि भ्रमण अवधि थापाले लाब्दा विभाग ग्राम सेवक, चौरतर धुरामा पनि प्राइमेरी स्कूल भवनको निम्ति शिलान्यास गरे |  यसरी नै तिनले यहाँको रेशेप विभाग भित्र पर्ने अंग्रेजकालिन कच्चा सडक म्यानेजरको कार्यलयदेखि कटवाल गोलाईसम्मको निम्ति १ किमी सडकको पनि विधिवत भुमि पुजन साथै शिलान्यास कार्यक्रम विभागकै ग्रामबासी लगायत बरिष्ठ नागरिक एनसी शेर्पा, डीएस लोहार, के गिरी, सिन्कोना व्यवस्थापक जे सादा आदिको उपस्थितिमा गरेका छन् | उपाध्यक्ष थापाले समष्टि भ्रमण गर्दै लाब्दा विभागभित्र पर्ने २ किमी सडक मर्मतिको निम्ति आधिकारिक शिलान्यास भएको पनि घोषणा गरे भने यस भ्रमणमा यहाँको पाख्रीन टोलमा पार्टी कार्यकर्ताहरुसित भलाकुसारी गर्दै आम जनताले भोग्न परेको समस्याहरुको समाधान चाडै गरिदिने प्रतिश्रुति दिएका छन् |
समष्टि भ्रमण अवधि उपाध्यक्ष अनित थापाको साथमा खरसाङ महकुमा समिति महासचिव अनोस थापा, उपाध्यक्ष किशोर बोम्जन, महकुमा सांगठानिक सचिव दया देवान, कार्यलय सचिव पदम मंग्राती, कोर कमिटि सदस्य मिरेन लामा, महकुमा समिति युवा मोर्चा महासचिव विज्ञेन मिश्र, युवा मोर्चा केन्द्रीय समिति सहसचिव बिकास गुरुङ, अनित थापा, दालिम तामांग, बिनोद रसाइली, समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई आदि पनि उपस्थित रहेको एक विज्ञप्ति मार्फत प्रचार प्रसार सचिव रिनेश शेर्पाले जनाएका छन् ||
loading...

मङपु लाब्दा समष्टि परिभ्रमण गर्दै बीओए उपाध्यक्ष एवम गोजमुमो केन्द्रीय समिति महासचिव अनित थापाले रन्जुभेल्ली विभागमा जुनियर हाई स्कूल, चार किमी बाटोको शिलान्यास साथै भुमि पुजा गरेका छन् |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.