अखिल भारतीय ठकुरी संगठनको प्रथम अधिवेशन सम्पन्न

Akhil Bharatiya Thakuri Sangathan Adhivesan
गत आइतबार मङपुको रङबी विभाग स्थित स्मृति भवनमा अखिल भारतीय ठकुरी संगठनको प्रथम अधिवेशन केन्द्रीय समिति अध्यक्ष किरण ठकुरीको अध्यक्षतामा सम्पन्न भयो | अधिवेशन शुरु हुन अघि कप्तान रामसिंह ठकुरी, मेजर दुर्ग मल्ल, जीत बहादुर ठकुरीको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरेर स्मरण गरियो | राष्ट्रीय गीत गाएर अधिवेशन शुरु गरिएको थियो भने केन्द्रीय कमिटि सहसचिव किरण किराठले उपस्थित सम्पूर्णलाई स्वागत जनाएका थिए | ठकुरी रीति रिवाज, संस्कृति, भेष भुषा, कुल पुजा बारे सिटोङका मधुकर मल्लले प्रकाश पारे | तीनै विभूतिका जीवनी किरण किराठले प्रस्तुत गरे | संगठनको भावी कार्यक्रम र विस्तार बारे केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण कुमार ठकुरीले सबैलाई जनाए | कार्यक्रमको दोश्रो चरणमा फुबछिरिङबाट आएका बसुन्धरा ठकुरीले बाँसुरीको धुन सुनाएर मन्त्र मुघ्ध पारिन | यसरी नै मलटबाट आएका इशा ठकुरीले सुन्दर नृत्य प्रस्तुत गरिन भने दिल ठकुरी टिस्टाभेल्लीले मुक्तक, किरण किराठ मङपुले सिन्कोना गीत आदि वाचन गरे | यस पहिलो ठकुरी अधिवेशनमा दार्जीलिंग, खरसाङ, तक्दाह, पुबोङ बस्ती, पोख्रेबुङ, लुङसेल नोकडाँडा, अलगडा, मलट अन्य थुप्रै स्थानहरुबाट ठकुरीहरु भेला भएका थिए | आशिष ठकुरी र दिवस ठकुरीले संचालन गरेको कार्यक्रमलाई अध्यक्षको धन्यबाद ज्ञापनले अन्त गरेको थियो ||
loading...

गत आइतबार मङपुको रङबी विभाग स्थित स्मृति भवनमा अखिल भारतीय ठकुरी संगठनको प्रथम अधिवेशन केन्द्रीय समिति अध्यक्ष किरण ठकुरीको अध्यक्षतामा सम्पन्न भयो | अधिवेशन शुरु हुन अघि कप्तान रामसिंह ठकुरी, मेजर दुर्ग मल्ल, जीत बहादुर ठकुरीको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरेर स्मरण गरियो |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.