विगत २०१० देखि मङपु विभागीय जनमैदानमा मङपु विभागीय फुटबल एकाडेमी तथा गेम्स एण्ड स्पोर्ट्स कमिटि मङपु विभागको तत्वधानमा आजपर्यान्त संचालन हुँदै आइरहेको शीतकालिन फूटबल प्रशिक्षण शिविरको समापन कार्यक्रम सम्पन्न भयो | शिविरमा ४५ जना प्रशिक्षनार्थीहरुले बिशाल थापा, संजय राई, शम्मी गुरुङको देखरेखमा महिनाब्यापी प्रशिक्षण प्राप्त गरे | विदाको समयमा नानीहरुलाई कुलतहरुबाट टाडा राख्न, शाररिक, मानसिक तथा अनुशासित राख्न अनि फूटबल खेललाई जगेरा गर्न उक्त शिविर दु:ख सुख संचालन गर्न सक्षम बनेको जसलाई निरन्तरता दिइरहने, प्रशिक्षण अवधि सिकेका जानेका ब्यायाम र तकनिकहरुलाई घरमै बसेर पनि गर्न सकिने प्रशिक्षनार्थीहरुलाई सभापति प्रकासचन्द्र राई प्रधान शिक्षक शारदा उच्च विधालय, सचिव किशोर थापा प्रधान शिक्षक मङपु विभागीय प्राथमिक पाठशाला आग्रह गरे | तथापि नानीहरुलाई प्रथममा आफ्नो पदाईलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि पेश गरेका थिए | यसरी नै गत वर्षहरुमा उक्त शिविरका प्रशिक्षनार्थीहरुले धेरैवटा ठाउँ अनि म्याचहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अनि दार्जीलिंग महकुमा )समष्टि स्तरीय) टप्पर हुनको साथै हालै सम्पन्न नर्थ पोइन्ट दार्जीलिंग जन मैदानमा पनि अति नै राम्रो प्रदर्शन गरेकोमा नानीहरु अनि नेतृत्व दिने गगन थापा, रोहित गुरुङलाई एकडेमीको पक्षमा धन्यबाद दिंदै शिविर संचालन गर्न ग्याङमेन मङपु विभाग, गोलीहरु उपलब्ध गराइदिएकोमा राजेन राई, कमल पाण्डे, मोहन सिंग्दन, एवम प्रशिक्षक तथा सह प्रशिक्षकगणलाई सभापति, सचिव मङपु विभागीय फूटबल एकडेमीले हार्दिक आभार प्रकट गरेका छन् | प्रशिक्षण शिविरको शुभारम्भमा एकडेमीका प्रमुख सल्लाहकार स्व० निमा फिपनको आत्माले शान्ति पाउन भनी मौन प्रार्थना गरिएको अनि एकडेमीलाई क्षति भएको जानकारी गराएका थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?