जीटीए बीओए चेयरमेन बिनय तामांग अनि भाइस चेयरमेन अनित थापाको नवान्नमा विगत नोभेम्बर महिनामा सम्पन्न भएको दुई पक्षीय वार्तामा राखिएको माग सिन्कोना कर्मचारी अनि श्रमिकवर्गको बन्द अवधिको तीन महिनाको वेतन भुक्तानलाई बङ्गाल सरकार मुख्यमन्त्री ममता ब्यनार्जी अनि विक्त मन्त्री अमित मित्रले सहर्स मानिलिंदै तीन महिना मध्ये दुई महिनाको वेतन भुक्तान गरेर बीओए मार्फत ट्रेजरीमा पठाइसकेको खबर पाउँदा सबैलाई आभार व्यक्त गर्छौं | उक्त वेतन भुक्तानमा डीएमले जारी गरेको फरम्याट अस्पष्ट भएकोले भुक्तानमा केही असुविधा पार्न गएको थियो जसले गर्दा यो वेतनमा एक सप्ताहको ढिलाई हुन गयो | उक्त विषय लिएर हिजको दिनमा जीटीए बीओए चेयरमेन अनि सिन्कोना प्लान्टेशन वकर्स युनियनका प्रतिनिधिहरु माझ बैठक गरियो उक्त बैठकमा डीएमको फरम्याटमा देखा परेको अड्चनहरुलाई लिएर बीओए चेयरमेनले दुई दिन अघि मात्र डीएमसंग बसी सुल्झाई सकिएको जानकारी युनियन प्रतिनिधिहरुलाई बताएका छन् र अब चाडैं सिन्कोना बगानको श्रमिकवर्गले दुई महिनाको वेतन अविलम्ब प्राप्त गर्ने जानकारी युनियनले विज्ञप्ति मार्फत जनाएको छ | साथै रहल एक महिनाको वेतन पनि चाडै नै भुक्तान गरिने बीओए चेयरमेनले युनियनलाई जानकारी गराएको छ | उपरोक्त पहलको निम्ति बीओए चेयरमेन बिनय तामांग अनि भाइस चेयरमेन अनित थापा, मुख्यमन्त्री ममता ब्यनार्जी अनि विक्त मन्त्री अमित मित्रलाई सम्पूर्ण सिन्कोना बगानको पक्षबाट हार्दिक धन्यबाद जनाएको सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समिति सभापति अनि सचिवले विज्ञप्ति मार्फत जनाएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?