मोर्चा युनियनको सभा साथै निर्देशकसित भेटवार्ता

Mungpoo Cinchona Plantation Workers Union
गत शुक्रबार स्थानीय रेस्टहाउस मङपुमा सिन्कोना प्लान्टेशन वकर्स युनियन (Mungpoo Cinchona Plantation Workers Union) केन्द्रीय समितिको सभा समितिकै सभापति एनएस गुरुङको सभापतित्मा सम्पन्न भयो | सभामा केन्द्रीय सदस्य साथै सिन्कोना बगान कोअर्डिनेटर मिरेन लामाको बिशेष उपस्थिति रहेको थियो भने मोर्चा मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा अनि मूल सचिव गगन राईको पनि उपस्थिति थियो | सभामा अघिल्लो सभाका प्रस्तावहरुको अनुमोदन गरियो अनि केन्द्रीय समितिलाई अझ काम गर्न सहज पार्न मिरेन लामाद्वारा कार्यकारी अध्यक्षको रुपमा गगन राईको नाममा प्रस्ताव राखिएको थियो जसलाई सभाले समर्थन पनि गरेको छ | मिरेन लामाद्वारा बगानमा दीर्घ दिनदेखि ठप्प रहेको श्रमिकहरुको एभ्ज्भशनको हल बारे उपस्थित सम्पूर्णलाई दस्तावेज सहित जानकारी गराए साथै सभाले उक्त दस्तावेजकै आधारमा यस समस्यालाई हल गर्न पहल गर्ने निर्णय लियो | यही सभामा श्रमिकहरुको पे रिभिजन बारे पनि चर्चा गरियो अनि मनसोङ सिन्कोना बगानमा हाल सिजनलहरुको ठूलो समस्या भइरहेको मनसोङका प्रतिनिधिहरुले सभामा जानकारी गराए अनि सभाले यस समस्यालाई गम्भीरताको साथ गहन छलफल गरियो साथै यसको चाडो हल निकाल्ने निर्णय लिइयो |
यसै दिन मिरेन लामा सिन्कोना बगान कोअर्डिनेटरको अगुवाईमा अनि सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समितिका सभापति एनएस गुरुङ, कार्यकारी सभापति गगन राई, मूल सचिव अमृत खड्का अनि सम्पूर्ण सदस्यहरुको उपस्थितिमा डा० सामुयल राई निर्देशक सिन्कोना अनि अन्य औषधीय पौधाहरुसित भेटवार्ता गरियो |
भेटवार्तामा प्रथमत बन्द अवधिको रहल एक महिनाको वेतन झट्ट श्रमिकवर्गलाई प्रदान गरिनपर्ने माग गरियो जसमा निर्देशकद्वारा यसलाई जीटीए समक्ष चाडो पहल गरिने जानकारी गराए |
भेटवार्तामा युनियनले बगानको जल्दो बल्दो समस्या श्रमिकहरुलाई ग्रुप डीमा एभजभ नगरिनाले बगानमा दिनोदिन ठुलै समस्या देखा पर्दै गइरहेको र आउने दिनमा यस समस्याले बिकराल रुपलिने जानकारी गराउंदै यस प्रक्रियालाई सिघ्र खोलाउनु पर्ने माग गर्यो र यसै समस्या हल नभएको कारण बगानमा सिजनलहरुको पनि समस्याको पहाड खडा भइ रहेको जानकारी युनियनले निर्देशकलाई जानकारी गराए | यस विषयमा निर्देशकले आफुले गम्भीरताको साथ सक्दो प्रयास गरिरहेको जानकारी गराए पनि युनियनले यस विषयलाई हल गर्न निर्देशक अनि युनियन प्रतिनिधिहरु लागी परी आउँदो ३१ मार्च भित्रमा श्रमिकहरुको ग्रुप डीमा एभ्जर्भ गरिने प्रक्रिया भरसक छिनाफाना गरिन पर्ने सहमति गरियो | युनियनले बगानको यस अति गम्भीर समस्यालाई उक्त तोकिएको मियाद भित्र सुल्झाउन घुँडा धसी लागी पर्ने अनि निर्देशकलाई पनि उसरी नै लागी परिदिने निवेदन राखेको छ |
श्रमिकहरुको बेसिक पे रिभिजन बारे पनि युनियनले निर्देशकलाई सम्बन्धित विभाग संग चाँडो पत्रचार गरिदिने निवेदन राख्यो साथै युनियनको पक्षबाट पनि सम्बन्धित विभाग कहाँ भेटवार्ता गरि श्रमिकहरुले पाउन पर्ने यस हकको निम्ति छलफल गरिने निर्देशकलाई जानकारी गराए | सरकारी सिन्कोना बगान मनसोङमा देखा परेको सिजनलको समस्या, विभिन्न बिकाशको कार्य गर्न बगानमा देखा परेको एनओसीको समस्या अनि सिजनलले बन्द अवधिको पाउन पर्ने वेतन बारे चाडो निष्कर्ष निकाल्न पर्ने युनियनद्वारा निर्देशकलाई माग गरियो अनि यसै माग अनुरुप निर्देशकलाई आउँदो २७ फरवरीमा सम्पूर्ण व्यवस्थापकहरुलाई लिएर सभा गरी यसको निष्कर्ष निकाल्ने युनियनलाई जानकारी गराए |
युनियनले विज्ञप्ति जारी गर्दै सिन्कोना प्लान्टेशन वाकर्स युनियन केन्द्रीय समितिले श्रमिकहरुको बन्द अवधिको दुई महिनाको वेतन उपलब्द गराइदिए वापत जीटीए बीओए चेयरमेन तथा भाइसचेयरमेन प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ||
loading...

गत शुक्रबार स्थानीय रेस्टहाउस मङपुमा सिन्कोना प्लान्टेशन वकर्स युनियन (Mungpoo Cinchona Plantation Workers Union) केन्द्रीय समितिको सभा समितिकै सभापति एनएस गुरुङको सभापतित्मा सम्पन्न भयो |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.