जीटीए सिन्कोना अनि कृषि बागवानी समिति एवं सिन्कोना अनि अन्य औषधीय पौद्धहरुका निर्देशको सयुक्त तत्वधानमा आयोजित तीन दिवशीय सिन्कोना अनि कृषि बागवानी मेला स्थानीय जनमैदानमा अनील रुद्र रावतको अध्यक्षतामा सम्पन्न भयो | कृषि मेलाको दोस्रो दिन सरस्वती कन्य विधालयमा चेऊ खेती अनि ठुलो अलैची खेती कसरी गर्न सकिन्छ भन्ने बारेमा डाबी डी खड्का,बिभुति बी रिजाल अनि डा.जे बी राईले कृषक दाजुभाईलाइ प्रशिक्षण गराए | यसरी सेमिनार संग संगै आयोजको समितिले मङपुका युवा कवि एवं युवा साहित्यकार साहित्य अकादमी पुरुस्कार प्रापक शरण गुरुङ मुस्कान, हिमालय दर्पणका पत्रकार केशर मोक्तान अनि कन्न्चंजंगा उद्दार केन्द्रका प्रमुख रंगु सौरीयालाई सम्मान जनाए | समारोहका अथिथिहरु क्रमैले सुरेन्द्र थिङ,अनीलरुद्र रावत अनि बीके गुरुङको बाहुलीबाट ढाकाटोपी साथै स्मृति चिन्ह प्रधान गर्दै उनीहरुलाई सम्मान जनाए | जे.बी राईले स्वागत सभाषण राखेको समरोहमा सूचना अनि संस्कृतिक विभाग मिरिक,वागीना ब्याण्ड खर्साङ,मङपु अर्केस्टा,शेर्पा बोर्डका कलाकार वर्ग आदिले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे | अनीतखाती,दीप थापा,सुरेखा गुरुङ,प्रमीला मुखिया,अर्पणा राई अनि दुषियन्त रामुदामुले संचालन गरेको समारोहको साँझमा लिटल च्याम्प प्रतियोगी अपूर्व तामाङसाथै गायिका शर्मिला रसाईलीले सबैलाई नचाए | समरोहमा बी.बी छेत्रीको बाहुलीबाट मादाले कलाकारवर्गलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाईयो भने अन्त्यमा कृषि अनि बागवानी मेलालाई सफलतापूर्बक सम्पन्न गराउनमा सहयोग पुराउने सम्पूर्ण संघ संस्था साथै जीटीए अध्यक्षबिनय तामाङ उपाध्यक्ष अनीत थापा अनि सिन्कोना बगान निर्देशक डा.सामुएल राईलाई आयोजक समितिका सचिव मन्जय गुरुङले आभार व्यक्त गरे |
Post a Comment
We love to hear from you! What's on your mind?