सिन्कोना अनि कृषि बागवानी समिति एवम निर्देशक सिन्कोना अनि अन्य औषधीय पौधाहरुको संयुक्त तत्वधानमा आयोजन हुने भनिएको सिन्कोना अनि कृषि बागवानी महोत्सवको पहिलो दिन अर्थात २ फरवरीदेखि शुरु भएर ४ फरवरीसम्म हुनेछ | कार्यक्रममा ३४ वटा सरकारी विभागहरुले भाग लिने भएको छ | हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सम्पन्न हुने कार्यक्रममा एग्रिकल्चर, फ्लोरिकल्चर, वन विभाग, सिन्कोना, हार्टिकल्चर, सोयल कन्जरभेशन आदिको प्रदर्शनी रहने अनि महोत्सवमा ११ जात गोष्ठीले पनि आफ्नो सहभागिता दिने जानकारी प्राप्त भएको छ | यसकोसाथै डिपार्टमेन्टल स्टोरमा स्वनिर्भर समुहका तीनवटा क्लसटरले आफ्नो उत्पादन राख्नेछन् | तीन दिवसीय कृषि महोत्सवमा हरेक दिनको साँझ विभिन्न ख्यातिप्राप्त गायक कलाकारहरुको संगीतमय प्रस्तुति पनि रहनेछ जसमा पहिलो दिनको मुख्य आकर्षक चर्चित गीत कुटुमा कुटु सुपारी दानाका गायिका नेपालकी मेलिना राई, दोश्रो दिन लिटल च्याम्पका अपूर्व तामांग अनि तेश्रो दिन दार्जीलिंगका ख्यातिप्राप्त रक ब्याण्ड मन्त्रको प्रस्तुति रहनेछ भने यी मुख्य कलाकारहरुको प्रस्तुति हरेक साँझ ४ बजेदेखि ६ बजेसम्म रहनेछ | यसरी नै संगीतमय कार्यक्रममा पहिलो दिन जीटीए सांस्कृतिक विभाग दार्जीलिंग, दोश्रो दिन खरसाङका बगिना ब्याण्ड अनि तेश्रो दिन मिरिक सांस्कृतिक टोलीको प्रस्तुति पनि रहनेछ |
तीन दिनसम्म चल्ने यस कार्यक्रमको उद्घाटनी कार्यक्रममा प्रमुख अतिथि जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशन उपाध्यक्ष अनित थापा, दोश्रो दिन जीटीए बीओए सदस्य संचबीर सुब्बा अनि अन्तिम दिनको कार्यक्रममा जीटीए बीओए अध्यक्ष बिनय तामांगको प्रमुख आतिथ्य रहने जानकारी आयोजक समितिबाट प्राप्त भएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?