रङबी विभाग अन्तर्गत भैंसेटार जन मैदानमा आज पर्यान्त सम्पन्न भइरहेको स्वर्गीय केबी गुरुङ स्मारक फूटबल च्यालेन्ज प्रतियोगिताको चुडान्त खेल सम्पन्न भयो | ६ माइल बनाम ड्राईवर एसोसिएशन मङपु माझ सम्पन्न भएको रोमान्चक खेलको पूर्वार्धमा भीड दर्शकको हौसलालाई काम लगाउँदै ड्राइभर एसोसिएशनको पक्षबाट जर्सी नम्बर ७ ले एक गोल गरेपछि धुँवादार बनेको खेलमा ६ माइलको टिमबाट सत्यम राइले एक गोल गरेपछि खेल बराबरीमा आएको थियो | खुबै रोचक खेल प्रदर्शनी भएपछि उतरार्धमा ड्राइबर टीमले ६ माइलको सामना गर्न नसक्दा पुन: सत्यम राई अनि आशिष लिम्बु सुब्बाको धुवाँदार प्रहारलाई विपक्षी टिमको गोल किप्परले सामना गर्न सकेनन् फलत: अन्तमा ड्राइभर टीमको एक गोल विरुद्ध ३ गोल गर्दै ६ माइल टीमले स्वर्गीय केबी गुरुङ ट्रफी संगै नगत राशी ५० हजार रुपियाँ हत्याउन सफल बने | यसरी नै फाइनल खेलको पराजय दल ड्राइवर एसोशिएशनले पनि नगत राशी रुपियाँ २५ हजार प्राप्त गर्न सफल बनेका थिए | रङबी विभाग गेम्स एण्ड स्पोर्ट्स एशोसिएशनद्वारा आयोजित स्वर्गीय केबी गुरुङ स्मारक फूटबल टुर्नामेन्टको चुडान्त खेललाई निर्णायक सन्तोष विश्वले आफ्नो नियन्त्रणमा संचालन गरेका थिए | फाइनललाई लक्ष्य गर्दै आयोजक समितिले गोजमुमो केन्द्रीय समिति सांगाठानिक सचिव एवम खरसाङ महकुमा सचिव तथा पुर्व सभासद एनोस थापालाई प्रमुख अतिथिको रुपमा निम्ताएका थिए भने उनैको बाहुलीबाट आजको विजयी दललाई पारितोषिक वितरण गरिएको थियो भने पराजय दललाई गोजमुमो मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चाको बाहुलीबाट पारितोषिक वितरण गरियो | दीप थापा एवम आशिष रसाइलीद्वारा संचालित कार्यक्रममा अन्य अतिथिहरुमा मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राई, केन्द्रीय समिति सदस्य मिरेन लामा, मोर्चा रङबी विभागका सभापति एचडी मोक्तान, सचिव जयपति राई, गोर्खा जनमुक्ति युवा मोर्चा समष्टि सभापति बिकाश गुरुङ, सचिव बिज्ञेन मिश्र, ज्ञानपीठ विधालय प्रधान अध्यापक बिके गुरुङ, विभागीय ग्याङमेन मदन राई, लाब्दा विभाग ग्याङमेन एमबी रसाइली लगायत गाउँका बरिष्ठ व्यक्तित्वहरुको बिसेष उपस्थिति रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?