जीटीए अस्थायी शिक्षकहरुलाई स्थायीकरण गरिने बिनय तामांगले गरे घोषणा

GTA chief Binay Tamang, vicechairman Anit Thapa in Mungpoo
मङपु, १२ जनवरी, राजेश थापा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधिनस्थ दीर्घ दिनदेखि संघर्षरत अस्थायी शिक्षक शिक्षिकाहरुलाई झट्टै स्थायीकरण गरिने घोषणा जीटीए प्रमुख तथा मोर्चा अध्यक्ष बिनय तामांगले गरेका छन् | जीटीए प्रमुख तामांगको भनाइ अनुसार जीटीए क्षेत्रभरि आज पर्यान्त अस्थायी शिक्षक - शिक्षिकाको रुपमा कार्यरत जम्मा ७४४ जना मध्ये पहिलो चरणमा ४२९ जना अस्थायी शिक्षक शिक्षाकाहरुलाई आगमी सप्ताहभित्र दार्जीलिंग लाल कोठीमा बोलाएर स्थायी नियुक्ति दिने भएको छ | आज मङपुमा आयोजित जीटीए स्तरीय प्राथमिक पाठशालाहरुको वार्षिक खेलकूद कार्यक्रमका मुख्य अतिथिको रुपमा आमन्त्रित तामांगले आफ्नो सम्बोधनमा उक्त कुरो सार्वजनिक गरेका हुन् | यसको साथै यसै महिनाको अन्तिम सातामा जीटीएद्वारा मङपुमा भब्य रुपमा कृषि वागवाणी उत्सव एवम मेला सम्पन्न गरिने पनि जनाएका छन् | उक्त मेला पाँचदिनसम्म चल्नेछ भने यसै मेला अवधि मङपुको मुख्य पर्यटन केन्द्र विश्वकवि रबिन्द्रनाथ ठाकुरको संग्राहलयका केयर टेकर शिशिर रावत जसले आज पर्यान्त संग्राहलयलाई दिएको निस्वार्थ योगदानको कदर गर्दै सम्मान जनाइने भएको छ | पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख तामांगले मङपु रेसेप बजारमा एउटा सार्वजनिक भवन झट्टै निर्माण गरिनेछ भन्दै विगतमा मोर्चा पुर्व अध्यक्ष बिमल गुरुङले गरेको घोषणालाई फेरि फेरि दोहोराएका छन् | गोरुबथानमा हुने तय भएको कार्यक्रम अचनाक मङपुमा सम्पन्न गरिने भएपछि जीटीएका शिर्षस्थ नेतृत्वहरु धुइरो लागेको कार्यक्रममा आखिर मङपु सिन्कोना बगानबारे के बोल्ने हुन भन्ने जिज्ञासालाई तोड्दै तामांगले सरकारी सिन्कोना बगानमा कार्यरत श्रमिकहरुको पदोन्नति जीटीए स्तरबाट झट्टै गरिने साथै बगानको अस्थायी मजदुरहरुको पनि चाडो स्थायीकरण गरिने आश्वासन दिएका छन् | यसरी नै सिन्कोना बगानको विगत आन्दोलनकालको तीन महिनाको वेतन झट्ट दिने कुरो पनि तामांगले बताए | छिरिङ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीटीए उपाध्यक्ष अनित थापा पनि विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ||
loading...

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधिनस्थ दीर्घ दिनदेखि संघर्षरत अस्थायी शिक्षक शिक्षिकाहरुलाई झट्टै स्थायीकरण गरिने घोषणा जीटीए प्रमुख तथा मोर्चा अध्यक्ष बिनय तामांगले गरेका छन् |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.