आगमी १२ जनवरीको दिन आयोजन हुने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन स्तरीय प्राथमिक पाठशालाहरुको वार्षिक खेलकूद अचनक मङपुमा हुने तय भएको हुँदा मङपु सर्कलमा शिक्षक शिक्षिका एवम अन्य सामाजिक व्यक्तिवर्ग साथै सरकारी सिन्कोना व्यवस्थाबाट पाउने सुविधा संगै जन मैदानमा उक्त कार्यक्रमको निम्ति तयारी युद्ध स्तरमा चलिरहेको छ | मङपु सर्कलमा विगत ४ जनवरीको दिन सर्कल स्तरमा २४ जना विधार्थी छनौट भइसकेका छन् र यी विधार्थीहरुलाई एउटा क्याम्प गरेर प्रशिक्षण शिक्षकहरुले दिइरहेका छन् भने यी विधार्थी नानीहरुलाई चरण तीन एनएचपीसीका डाकटर अजय शर्माले प्रत्येक दिन जाँच गर्न आफ्नो स्वास्थ्य विभाग टोली द्वारा समय दिइरहेका छन् | उक्त टोली ११ र १२ जनवरीको दिन यही मङपु जनमैदानमा एम्बुलेन्स लिइ नानीहरुको शाररिक जाँच गर्न उपस्थित रहनेछन् | यस जीटीए स्तरीय जिल्ला खेलकुद समारोहमा जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशन चेयरमेन बिनय तामांग अनि भाइस चेयरमेन अनित थापाको बिशेष अनि ऐतिहासिक आगमन भइरहेको छ साथै अन्य डीएसबीका सरकारी भारप्राप्त व्यक्तिहरु पनि उपस्थित रहने भएको हुँदा मङपु क्षेत्रका सम्पूर्ण खेलकुदप्रेमीवर्गलाई बिहान १० बजेदेखि शुरु हुने त्यस दिनको कार्यक्रममा उपस्थित भइदिने अपिल पनि किशोर थापा मुख्य सचिव मङपु सर्कलले गरेको छ ||
जीटीए स्तरीय प्राथमिक पाठशाला वार्षिक खेलकुदको तयारी युद्ध स्तरमा
loading...
Post a Comment
We love to hear from you! What's on your mind?