मङपूमा जीटीए प्राथामिक पाठशाला खेलकूद प्रतियोगिता सम्पन्न

Binay Tamang Anit Thapa in Mungpoo GTA level primary school annual sports
मङपू१२ डिसेम्बर(केशर मोक्तान) : आज स्थानीय जनमैदानमा प्राथामिक शिक्षा विभाग जीटीए अनि जिल्ला पाठशाला परिषद दार्जीलिङको सयुक्त आयोजनमा अन्तर प्राथामिक पाठशाला खेलकुद प्रतियोगिता छिरिंङ दाहालको अध्यक्षतामा सम्पन्न भयो | समारोहका प्रमुख अतिथि जीटीए अध्यक्ष अध्यक्ष बिनय तामाङको बाहुलीबाट राष्टिय झण्डा उत्तोलन साथै मसाल जलन गरि खेलकुद प्रतियोगिता  शुरु गरियो | यसरी १५ वटा सर्कलबाट आएका प्राथामिक पाठशालाका नानीहरुले  मार्च पास (परेड)खेले जसको सलामी ग्रहण प्रमुख अतिथि बिनय तामाङले लिएका थिए उक्त परेडमा  मङपू  सर्कल प्रथम,मिरिक सर्कल दोस्रो अनि जलढका सर्कलले तेस्रो स्थान ओगट्न सफल बने | खेलकुद प्रतियोगितामा २७ अंक हासिल गरेर प्रथम स्थान ओगट्दै पुलबिजनबारी सर्कल च्याम्पियन बने भने कालेबुङ सर्कल २२ अंक लिएर दोस्रो अनि गोरुबथान सर्कलले २१  अंक  हासिल गरेर तेस्रो स्थान प्राप्त गरे | शुरुमा कालेबुङ एसयुएमआईका बिधार्थीवर्गले  रोचक ढंगमा ब्याण्ड प्रस्तुति दिए पछि  समारोहका अध्यक्ष छिरिंङ दाहालले स्वागत सम्भषन राख्दै खेलकुद शुरु भएको घोसणा गरे | जीटीए अध्यक्ष बिनय तामाङले समरोह्लाई सम्बोधन गर्दै आज सात बर्ष पछि जीटीएद्वारा फेरि पनि जिल्ला स्तरीय प्राथामिक पाठशाला खेलकुद प्रतियोगिता राखन सफल भएको बताउदै नानीहरुलाई शिक्षा संगसंगै  खेलकूद गराउन पनि अतिनै जरुरी रहेको कुरा जनाए अनि आगामी दिनमा यस  संगठनले पाठशालाका बिधार्थीवर्गमाझ  विभिन्न खेलकुद जस्तै फुटबल;भलिबल; बेडमिनटन आदि प्रतियोगिता गराउने सल्लह दिदै यसमा जीटीएले पूर्ण सहयोग गर्ने कुरो बताए |
खेलकुद समारोहलाई  अज रोचक  पार्न अम्बीयोक प्राथामिक पाठशाला गोरुबथान अनि जुद्दबीर निम्न बुनियादी पाठशालाका नानीहरुले मैदानमा लोक नृत्य प्रस्तुत गरे | शिक्षक शिशिर राईले संचालन गरेको समरोहका प्रमुख अतिथि जीटीए अध्यक्ष बिनय तामाङ;विशिष्ट अतिथि जीटीए उपध्यक्ष अनीत थापा; समारोह अध्यक्ष छिरिंङ दाहाल;लगायत अतिथिहरु डी.आई.पी. ई  सचिव गोबिन्द सरकार कार्यकारिणी सभापति केसांग लामा सचिव पूर्णबहादुर राईको;सिन्कोना बगान निर्देशक डा. सामुएल राई,बगान व्यवस्थापक जे.सादा,मङपू सर्कल एसआई अमीना तामांङ लगायत अन्य अतिथिगनको  बाहुलीबाट विजय प्रतियोगीवर्गलाई पारितोषिक बितवारण गरियो | अन्त्यमा आयोजको समितिको पक्षमा सम्पूर्ण अथितिगणलाई कार्यकारिणी सभापति केसांग लामाको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो |
loading...

आज स्थानीय जनमैदानमा प्राथामिक शिक्षा विभाग जीटीए अनि जिल्ला पाठशाला परिषद दार्जीलिङको सयुक्त आयोजनमा अन्तर प्राथामिक पाठशाला खेलकुद प्रतियोगिता छिरिंङ दाहालको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.