बितेको दिसम्बर महिनादेखि गोरामुमो पार्टीले गोर्खाल्याण्ड आन्दोलनकालको बन्द अवधिको सिन्कोना श्रमिक कर्मचारीहरुको वेतन जीटीएले अविलम्ब दिनपर्छ भन्दै शुरु गरेको अभियान पटक पटक चल्दै आइरहेको छ | श्रमिक कर्मचारीहरुको वेतन सन्दर्भमा गोरामुमो पार्टी अधिनस्थ ट्रेड युनियन एचपीडब्ल्युयुले गत वुधबार पुन: सिन्कोना निर्देशक डा० सामुयल राईसित भेट गरि बन्द अवधिको वेतनको कुरा चलाएको छ | कुरा चल्दा प्रत्यक्ष रुपमा वेतनको आदेश बितेको २२ दिसम्बरमा नै आइसकेको थाहा लागेको छ | तथापि आदेश आएपनि हाल जीटीए कोषमा पैसा नभएकोले श्रमिक कर्मचारीहरुको वेतन पाउन नसकेको हुनसक्ने कुरा माथि चर्चा भयो | तर जीटीए जस्तो व्यवस्थापनले दार्जीलिंग पहाडभरिकै विकाश व्यवस्थापन हातमा लिएर सरकारकै स्वरूपमा काम गर्ने भएपछि सिन्कोना श्रमिक र कर्मचारीहरुका वेतन दिने बेलामा उल्टो पैसा छैन भन्ने कुरोलाई गोरामुमो पार्टी ट्रेड युनियनले कथित षड्यन्त्र बताएको छ |
वेतन सम्बन्धमा कुनै पनि ट्रेड युनियन र राजनैतिक दलहरुले सरोकार नराख्दा १८ दिसम्बरदेखि एचपीडब्ल्युयुले मङपु सिन्कोना बगानको पाँचवटा विभाग र लाठपन्चर साथै अन्य गाउँमा पोस्टरिङ साथै श्रमिकहरुको हस्ताक्षर उठाउने अभियान थालेको छ | एचपीडब्ल्युयु को यस अभियान देखेर गोजमुमो टोली पनि तातिएको थियो | तर वेतन पाउनको साटो पैसा छैन भन्ने कुरोलाई एचपीडब्ल्युयुले मोर्चाको षड्यन्त्र अनि श्रमिकहरु कर्मचारीहरुले वेतन पाए जनताको अघि गोरामुमो हिरो हुन्छ भन्ने डरले मोर्चा र जीटीएले यस विषयमा राजनीति गरेको बुझेको छ | यसको मतलब मोर्चाले श्रमिकहरुका समस्या हल होइन तर ढाँटुवा राजनीति गरेर अझ समस्यामा पार्ने राजनीति गरिरहेको छ | निर्देशक राईसित भेट गर्दा तिनले वेतन अर्डरको रिपोर्ट पनि देखाएका थिए | जुन अर्डरमा जून र जुलाई महिनाको वेतन अर्डर छ | तर आज जीटीएमा पैसा छैन भन्ने कुरोलाई गोरामुमोले भविष्यमा मोर्चाले यसलाई राजनैतिक लाभ उठाउने साधन बनाउन रोकेर राखेको भनी बुझेको छ | मोर्चाको यस्तो नियतमाथि एचपीडब्ल्युले श्रमिक र कर्मचारीहरुका वेतन मुद्दालाई अझ तीब्र पार्न २४ जनवरीसम्मको मियाद दिंदै पोस्टरिङ गरेको छ | पोस्टरमा जीटीएले ६०० करोड पाउनमा सिन्कोनाको मजदुर कर्मचारीले पनि संघर्ष गरेको छ, जीटीएले मजदुर कर्मचारीको तलब किन रोक्छ ? पर्यटन उत्सव र मेलामा करोडौं खर्च गर्ने जीटीएले श्रमिकहरुको तलब किन दिंदैन? कसले सरोकार राख्छ ? भनी जवाब मागेको छ |
आगमी २४ जनवरी भित्रमा वेतन नदिए एचपीडब्ल्युयुले बगानको गन्ती रोक्ने, नारा जुलुस गर्ने, धर्ना दिने र आवश्यक परे भोक हड्तालसम्म बस्ने कार्यक्रम बनाएको छ | सिन्कोना राईसितको भेटमा एचपीडब्ल्युयुले खेलापाल भवन जलेकोमा जाँचको माग गरेको छ भने सिन्कोना बगान भित्र चलेको मनरेगा कामको हर हिसाब पनि मागेको छ | बुद्धबारको भेटवार्तामा एचपीडब्ल्युयुको पक्षबाट सचिव दिपकार राई, सभापति गणेश ठकुरी, एचपीडब्ल्युयु खरसाङ ब्रान्च सभापति चमन प्रधान, गोरामुमो खरसाङ ब्रान्च सदस्य आरबी प्रधान, एचपीडब्ल्युयु मङपु संयोजक ज्ञानदीप राई लगायत ट्रेड युनियन र पार्टीका सदस्यहरु पनि उपस्थित रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?