मङपु फूटबल एकडेमी दार्जीलिंगमा उप विजेता

Mungpoo Football Academy in NP ground Darjeeling
गत आइतबार दार्जीलिंगको सन्त जोसेफ मैदानमा १६ वर्ष मुनिका खेलाडीहरुलाई लिएर एक दिवसीय फूटबल सेलेक्सन म्याच दार्जीलिंग टिन्स फुटबल एकडेमीको आयोजनामा सम्पन्न भयो | उक्त खेलमा मङपुलाई पनि निमन्त्रणा हुँदा समितिले नै मङपु फूटबल एकडेमी नाम दिएर खेल सम्पन्न गरेकोले मङपु अन्तमा रनर अपसम्म बन्न पुगेको थियो |  प्रथम खेलमा मङपुको पक्षमा वाक ओभर भयो भने दोश्रो खेल अर्थात सेमीफाइनलमा मङपु फुटबल एकडेमीको भिडान्त टीन्स फुटबल एकडेमीसित भयो जसमा मङपुले शुन्य गोलको विरुद्ध २ गोल दागेर विजय बने | जुन खेलमा मनिष तामांग र समर्पण मंगरको शानदार गोल छिरेको थियो | पछिबाट फाइनल खेलमा मङपुले हरसिंग फूटबल एकडेमीको चुनौतीलाई स्वीकार्नु पर्यो भने खेलमा १ को विरुद्ध दुई गोल गर्दै हरसिंग फूटबल एकडेमी विजय घोषित भए | फाइनल खेलमा गोल दाग्ने मङपुका दल नायक कस्याप गुरुङ थिए | मङपुको टीमलाई प्रोह्त्सान दिंने प्रशिक्षक राजा गुरुङ र गगन थापा (भूतपुर्व सैनिक) थिए भने रोहित गुरुङ (भूतपुर्व सैनिक), अनुप राई(भूतपुर्व सैनिक) ले टीमलाई लगेर लगेर गएका थिए भने यतायातको सुविधा मनोज सुब्बा अनि संजीव छेत्रीले उपलब्ध गराएका थिए | आयोजक समितिको उदेश्य दार्जीलिंग भेकमा हराउँदै गएको फूटबल खेलको धरातललाई फर्काउ ल्याउने चेष्टा रहेको जानकारी प्राप्त छ ||
loading...

गत आइतबार दार्जीलिंगको सन्त जोसेफ मैदानमा १६ वर्ष मुनिका खेलाडीहरुलाई लिएर एक दिवसीय फूटबल सेलेक्सन म्याच दार्जीलिंग टिन्स फुटबल एकडेमीको आयोजनामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.