मङपुको ऐतिहासिक सिन्कोना बङलो जलेर खरानी

Cinchona bunglow burnt in mungpoo
मङपु, १४ जनवरी, राजेश थापा: अंग्रेजको पालामा बनिएको मङपु सिन्कोना बगानको ऐतिहासिक जेनेरल म्यानेजर बङलो आइतबार जलेर खरानी भएको छ | घटना बिहान प्राय: ११ बजेतिरको हो जब कालो धुँवाको मुस्लो आकाशतिर गइरहेको देखेर आइतबारे हाट स्थलका मानिसहरु पनि आतंकित बनेका थिए भने स्थानीय मानिसहरुको सहयोगमा आगो निभाउन खोजे पनि अनियन्त्रित बनिसकेको आगो सामु कसैको केही सीप चलेन | घटनाको चौतर्फी हल्ला हुनथालेपछि एनएचपीसीबाट दमकल ११:४५ अनि दार्जीलिंग अग्नि शमन विभागबाट १२:४५ मा दमकल आइपुगे पनि त्यतिन्जेल बङलो प्राय: ९० प्रतिशत जलिसकेकोले आगो निभाउन सकिएन | सनराइज स्कुल नजिकको त्यस बङलोमा रातीको चौकीदार भए पनि बिहानदेखि दिउँसो १ बजेसम्मको चौकीदार नरहेको थाहा लागेको छ भने यही समयभित्र यस्तो दुर्घटना भएको छ | घटना स्थलमा सिन्कोना निर्देशक डा० सामुयल राई, व्यवस्थापक जे सादा, हेड क्वाटर म्यानेजर मदन मुखिया, आआरपीएस ओसी सुजित दास, मङपु आउटपोस्ट प्रभारी एम हुसैन, दार्जीलिंग अग्नि समान विभागका अधिकारी केआर प्रधान पनि पुगेका थिए भने निर्देशक राईसित घटना बारे जान्न चाहँदा आगो लाग्नुको कारण अहिलेसम्म पत्तो नलागेको अनि घटना बारे आरआरपीएसलाई एउटा जीडी गरेको बताए | बङलोभित्र कुनै बहुमुल्य सामानहरु नरहेको जानकारी प्राप्त छ भने यता हेड क्वाटर म्यानेजरले आफु १९९५ देखि २००८ सम्म यसै बङलोमा बसेको तर बङलो अत्यन्तै जीर्ण र जताततै चर्किएको अवस्थामा रहेको कारण आफु अन्य बङलोमा सरेको बताएका छन् | म्यानेजर मुखियाको भनाइ अनुसार त्यस बङलोभित्र आजसम्म पनि अंग्रेजकालिन डाइनिङ टेबल, दराज आदि रहेको थियो भने यो संगै आफ्नो केही समानहरु पनि जलेर राख भएको बताएका छन् | सन्दर्भमा सिन्कोना बगानको हरेक विभागहरुमा धरोहरको रुपमा राख्न सकिने यस्ता अंग्रेजकालिन बङलोहरु आजसम्म रहेपनि जम्मै बङलोहरु जीर्ण अवस्थामा रहेको छ जसको संरक्षणको निम्ति विभागबाट कुनै पहल गरिएको जानकारी आजसम्म प्राप्त छैन फलत: हरेक वर्षनै ती बेहाल अवस्थामा रहेका बङलोहरु मक्किएर भत्किंदै गइरहेको सबैको आँखा सामु छ | केही महिना अघि मात्र गोर्खाल्याण्ड आन्दोलनको समय यहाँको अंग्रेजको समयमा निर्माण गरिएको चाम्रा गोदाम जलेर खरानी भएको हो | यी अग्निकाण्डहरुलाई हेर्दा र आपद अवस्थामा अग्नि समन विभागबाट यति टाडो दमकल आइपुग्न धेरै समय लाग्ने हुनाले मङपु एउटा अग्नि शमन केन्द्रको निर्माण हुन अत्यावश्यक रहेको देखिन्छ | यसरी दिनोदीन सिन्कोनाको सम्पतिहरु नष्ट भइरहँदा पनि विभागबाट किन संरक्षणको पहल गरिंदैन ? उतरहीन प्रश्न केवल चर्चाको बिषय मात्र बन्दै गइरहेको छ ननै कुनै राजनैतिक युनियनहरुले नै यस्ता धरोहरहरुलाई संरक्षण गर्ने विषयमा कुरा उठान गरेको थाहा लागेको छ | अझै पनि बाँकी रहेका बङलोहरुको संरक्षणको निम्ति कुनै सक्रीय पहल नभए एक दिन सम्पूर्ण सिन्कोना बगानको सम्पति मानिने यी अंग्रेजकालिन बङलोहरु केवल किम्वदन्ती मात्र बनेर जाने प्राय: निश्चित छ ||
loading...

अंग्रेजको पालामा बनिएको मङपु सिन्कोना बगानको ऐतिहासिक जेनेरल म्यानेजर बङलो आइतबार जलेर खरानी भएको छ | घटना बिहान प्राय: ११ बजेतिरको हो जब कालो धुँवाको मुस्लो आकाशतिर गइरहेको देखेर

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.