केही हप्ता अघि सम्पूर्ण सिन्कोना बगानको १५ वटा विभागबाट प्रतिनिधिहरु लिएर बिनय तामांग अनि अनित थापाको कुशल सोंच अनुरुप स्थानीय निर्मला चौक स्थित पेन्सनर्स भवनमा सिन्कोना बगानलाई प्रगतिको दिशा उन्मुख गराउन अनि सम्पूर्ण श्रमिकको हितार्थ सिन्कोना प्लान्टेशन वकर्स युनियनको नामकरण गरि यसको केन्द्रीय समिति गठन गरिएको थियो | यसै नव गठित समितिले गत २८ दिसम्बरको दिन सिन्कोना प्लान्टेशन कोअर्डिनेटर मिरेन लामा, सिटोङ लाठपन्चर कोअर्डिनेटर प्रमोद राई, गोजमुमो अध्यक्ष बिनय तामांगलाई दार्जीलिंगको लाल कोठीमा भेट गरी उक्त समितिको अनुमोदन ग्रहण गर्यो भने बगानको जल्दो बल्दो समस्याहरु माथि चर्चा पनि गर्यो | चर्चामा बन्द अवधिको तीन महिनाको वेतन भुक्तान, श्रमिकवर्गको पदोन्नति अनि अस्थायी श्रमिकहरुको समस्या प्रमुख थियो | संगठनको पक्षमा तीन महिनाकै वेतन झट्ट भन्दा झट्ट बगानका श्रमिकहरुलाई प्रदान गरिनुपर्ने मागमा दुई महिनाको क्रमैले जुन अनि जुलाई महिनाको वेतन सिन्कोना निर्देशालयले अविलम्ब प्राप्त गर्ने, रहल महिनाको वेतन केही समय पश्चात पाइने अनि सिन्कोनालाई यससंग सम्बन्धित समस्याहरुलाई चाडो सुल्झाई सिन्कोना बगानलाई प्रगतिको मार्गमा उन्मुख गराउने अध्यक्ष बिनय तामांगले सल्लाह दिएको छ भने नव गठित समितिलाई बधाई बधाई संगै आगमी दिनहरुमा राम्रो काम गर्ने सुझाव दिएको जनाकारी समितिको पक्षमा एक विज्ञप्ति मार्फत अमृत खड्काले दिएका छन् |
सिन्कोनाले आन्दोलन अवधिको वेतन अविलम्ब पाउने सि०प्ला०व०यु०को दाबी
loading...
Post a Comment
We love to hear from you! What's on your mind?