शुन्यतिर सुन्तला, वैकल्पिक खेती बन्न सकेन अलैंची

Orange Large Cardamum plantation in Mungpoo
विगत पाँच-छ वर्ष अघिदेखि सुन्तलामा आएको विनाशकारी रोगले हरेक वर्ष एउटा विभाग गर्दै सर्दै आएर यस वर्ष मङपु क्षेत्रको प्राय: जम्मै स्थानहरुमा सुन्तलाको खेती सोत्तर भएर सुकेर गएको छ | सिन्कोना बगानको काम बाहेक यहाँको अर्को आय: श्रोतको माध्यमनै सुन्तला थियो जुन खेती हरेक वर्ष आफ्नो बारीमा भएका जम्मै सुन्तलाका बोटहरु पहेंलो हुँदै सुकेर जाने अनि रहेको बोटमा पनि दुई चार दाना मात्र फल्ने गरेकोले मङपुबासीको दोश्रो आर्थिक मेरुदण्डनै भाँचिएर गएको छ | विगत पाँचवर्ष अघिसम्म अक्टोबर महिनादेखि सबैको बारीभरि सुन फले जस्तो लटरम्मै सुन्तला फलेको देखिन्थ्यो जुन सुन्तला बगानहरु उठाउन नोभेम्बरदेखि जनवरी महिनासम्म लाग्ने गर्थ्यो | गाउँ बस्तिभरि सुन्तला उठाउने मोदी, नेपालबाट सुन्तला टिप्न आएका भरियाहरु अनि जताततै सुन्तलाको थाक थुपारेको देखिने यसवर्षको नोभेम्बर – दिसम्बरका महिनाहरु प्राय: शुनसान गइरहेको देखिएको छ भने बिहान दुई बजेदेखि नै गाडीको गाडी लामालस्कर लागेर सिलिगुडी जाने सुन्तलाका गाडीहरु देखिने त्यो मनोरम दृश अचेल दुर्लभ भएर गएको छ | बिशेष गरेर मङपुका सुन्तला कृषकहरुले आफ्नो बगान देखाएर दशैं तिहार अघि एडभान्स थाप्ने साथै पछिबाट सुन्तला बेचेर नानीहरुको नयाँवर्षको विधालय भर्ना शुल्क तिर्ने गर्थ्यो भने सुन्तला बगाननै मारेर गएदेखि यता नानीहरुलाई स्कूल पडाउन धरि हम्मे हम्मे परिरहेको छ | आफ्नै आँखा सामु सुन्तला बगान सोत्तर भएर जाँदासम्म यहाँका कृषकहरुले आफ्नो बगान बचाउन सकेनन् | फलत: पुर्खौंदेखि सुन्तलाको खेती गर्दै आएका कृषकहरुलाई खेती गर्न सिकाउन खोज्ने हुलका हुल सरकारी एवम गैरसरकारी अनुसन्धानका समुहहरु पनि सुन्तला मरेदेखि यता देखापरेका छैनन् साथै दार्जीलिंग पहाडभरि यसरी सुन्तलाको खेतीमा आएको बिनाशलाई कुनै बिशेषज्ञले पनि सठीक रोग खुट्याउन सकेकनन् | कतिले मोबाइल टावरको असर भने, भाइरसको असर भने आदि इत्यादि भने तर मङपुको इतिहासमा सुन्तलाको खेती भने इतिहास बनेर गएको सुर्ता कसैले गरेनन् | यसरी यहाँका कृषकहरुले बगान बचाउन अनेकन अन्दाजी उपायहरु गरेपनि सुन्तला अब हुँदै नहुने बुझेर अन्तमा यसको वैकल्पिक खेतीको रुपमा धमाधम अलैंची रोप्न थाले | तर सबैले अलैंची रोप्न थालेपछि अलैंचीको स्टक बढेर हरेक वर्ष नै यसको बिक्रय मुल्य घट्दै गएकोले दुई तीन वर्षदेखि अलैंची सुकाउँदै थुपारे पनि भने जस्तो भाउ नआएको कारण कृषकहरुको चिन्ता झनै बढ्दै गइरहेको छ | सुन्तलाको तुलनामा अलैंचीमा धेरै मेहनत गर्न पर्ने, खर्च धेरै हुने, अन्तमा दु:ख गरे अनुसार बिक्री भाउ नपाउने समस्या देखापरेको छ जसले गर्दा सुन्तलाको बैकल्पिक खेती अलैंची हुन नसक्ने स्पष्ट भइसकेको छ ||       
loading...

विगत पाँच-छ वर्ष अघिदेखि सुन्तलामा आएको विनाशकारी रोगले हरेक वर्ष एउटा विभाग गर्दै सर्दै आएर यस वर्ष मङपु क्षेत्रको प्राय: जम्मै स्थानहरुमा सुन्तलाको खेती सोत्तर भएर सुकेर गएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.