देशको विभिन्न भागहरुमा आफ्नो परिचय दिँदा नेपालबाट आएको लान्छना लाग्ने, आफ्नै राज्य पश्चिम बङ्गालमा सरकारद्वारा सानी आमाको बर्ताव गर्ने दुर्भाग्य भोग्दै आएका भारतीय गोर्खाहरुलाई आफ्नो जातीय चिन्हारी अनि अस्मिताको रक्षा गर्न अब केवल बङ्गालदेखि पृथक राज्य गोर्खाल्याण्डले मात्र पुरा हुने साथै हामी विछिन्नवादी होइन, देश भित्रै आफ्नो जातीय सुरक्षा पक्का गराउन चाहन्छौं भन्दै आज मङपुमा सांगीतिक कला एकाई द्वारा संगीतको मध्यमबाट बर्तमान चलिरहेको आन्दोलनलाई सहयोगको हात बढाएको छ | निर्णायक आन्दोलनलाई सफल पार्न अहिलेघरि देश विदेशबाट साहित्य, कला, संगीत सबै पक्षबाटै सहयोग गरौं भन्दै एकाएक अघि आएका छन् | आज यहाँको नालीडाँडा हावा घरमा आयोजित कार्यक्रममा गायकहरुले गोर्खाहरुको जातीय अस्मिता अनि उन्मुक्तिका रौँ खडा गर्ने गीतहरु गाएर गोर्खाल्याण्ड आन्दोलनकारी साथै समर्थकहरुलाई थप उर्जा दिएका थिए | पश्चिमीदेशहरुमा संगीतको माध्यमद्वारा क्रान्ति ल्याएको इतिहासलाई साक्षी राखेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति यो बेजोड पहल पनि मानिएको छ | कवि साहित्यकार सुरेन्द्र थीङ अनि बनीरा गोतामेद्वारा संचालित कार्यक्रममा गायकहरु सुरेन पाख्रीन, नमिता गुरुङ, आनन्द राई, हेमा राई, राजेन आले, गरिमा गुरुङ, पदम बराइली, सोम छिरिङ आदिले हृदयस्पर्सी जागृतिका गीतहरु गाएका थिए | यसरी नै यसै कार्यक्रममा रोजन राई अनि बानिरा गोतामेद्वारा क्रान्तिको कविताहरु पनि वाचन गरिएको थियो | गोर्खाल्याण्डको निम्ति क्रमिक नारा जुलुश गर्ने क्रममा आज पनि विभिन्न विभागका गोर्खा जनमुक्ति मोर्चाका समर्थकहरुले गोर्खाल्याण्डको मागमा र्याली निकालेर नालीडाँडामा समापन गरेको थियो भने कथित भाषा अतिक्रमणको विरोधपछि छेंडीएको आन्दोलनदेखि नै मङपु क्षेत्रमा पनि एकदिन बिराम नगरी नारा जुलुश जारी रहेको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?