पृथक राज्य गोर्खाल्याण्डको माग गर्दै चडकिरहेको आन्दोलन अन्तर्गत क्रमिक नारा जुलुशको क्रममा आज मङपु क्षेत्रका अल्प संख्यक समुदायले पनि र्याली अनि पथ सभा गर्यो | गोर्खा जनमुक्ति मोर्चाको ब्यानरमा विभिन्न विभागबाट निकालिएको दैनिक र्याली नालीडाँडा परिसरमा आएपछि सदा झैँ एउटा पथ सभाको रुप लियो | सभा केएस छेत्रीको सभापतित्वमा सम्पन्न भयो भने उनी केही दिन अघिसम्म तृणमूल कंग्रेस मङपु जोनका अध्यक्षको पदमा थिए जसले गोर्खाल्याण्डको आन्दोलन चड्केपछि आफ्नो पार्टी अनि पद त्यागेर निर्णायक आन्दोलनमा सहभागी बन्न मोर्चाको झन्डा समातेका थिए | सभामा बक्ताहरुले गोर्खाहरुलाई पद र पैसा चाहिएको होइन तर देश विदेश जाँदा आफूमाथि आइपर्ने चिन्हारीको सवालले गर्दा गोर्खाहरुको निम्ति छुट्टै राज्य अनिवार्य रुपमा गठन हुनुपर्ने कुरो बताए | यसको साथै दार्जीलिंग पहाडका विभिन्न दलका नेतृत्वहरुले दार्जीलिंगलाई हेरेर मात्र आन्दोलन नसोंचिदिने तर देश विदेशबाट जुर्मुरीउठेका समस्त गोर्खाल्याण्ड समर्थकहरुको चाहना र ऐतिहासिक समर्थनलाई पनि ध्यानमा राखेर कदम बढाउने कुरा राखे | उनीहरु कुनैपनि व्यवस्था र थप बजेट अनि पावरको निम्ति आन्दोलनलाई समर्थन गरेका होइनन् भन्दै धेरैचोटि ठगिएको गोर्खाहरुलाई नेतृत्ववर्गले अबउसो कुनै व्यवस्थामा सम्झौता गरेर धोका नदिने पनि अपिल गरे | आज देश विदेशमा बस्ने गोर्खाहरुलाई हामी पहाडबासी भन्दा धेरै चिन्हारीको आवश्यकता खट्किएको हुँदा उनीहरु यसपल्ट धेरै नै जोश जाँगरको साथ गोर्खाल्याण्डको आन्दोलनलाई निर्णायक मोड दिन उत्रिसकेको बेला हामी पहाडका सम्पूर्ण संघ संस्था लगायत राजनैतिक दलहरु पनि निसन्देह एक भएर आन्दोलन गर्नुपर्ने मन्तब्य पनि वक्ताहरुले राखे | आजको सभामा मङपुका ब्यापारी संगठनका मारवाडी, बिहारी, मुस्लिम, भुटिया आदि समुदायका पदाधिकारीहरुको बिशेष उपस्थिति रहेको थियो | सुदेश थापा द्वारा संचालित पथसभालाई सम्बोधन गर्दै नरेश शेर्पा, गोकुल जैन, दिलिप शर्मा, अनि केएस छेत्रीले गोर्खाहरुको निम्ति गोर्खाल्याण्डको अनिवार्यता विषय सान्दर्भिक वक्तब्य राखेका थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?