गत मंगलबार गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपुको एक सभा ७४ धुरा निवासी बिशाल दासको बासगृहमा रुपेन प्रधानको सभापतित्वमा सपन्न्न भयो | सभामा यस धुराका सम्पूर्ण टीएमसी समर्थकहरुले आ – आफ्नो पद र सदस्यताबाट राजिनामा दिइसकेको बताउँदै बर्तमान जनआन्दोलनमा गोरामुमोसंग सामेल भइ गोर्खाल्याण्डको आन्दोलनलाई सफल पार्ने निर्णय लिएको बताए | सभामामा मङपु जोन गोरामुमोका सभापति चमनसिंह प्रधानको पनि उपस्थिति रहेको थियो | यसै सभाबाट उपसमितिको भार अमर तामांग अनि सहसचिवको भार धिरेन तामांगलाई सुम्पिएको छ | यसकोसाथै कन्भेनरको पदमा मुकेश तामांगलाई चयन गरियो भने गोरानासको संयोजिका रोशनी राई अनि गितिका प्रधानलाई नियुक्त गरियो | यस सभाले गोरामुमो ७४ धुराको प्रमुख सलाहकारमा रवि तामांग, नरेन तामांग, जीवन तामांग आदिलाई चयन गरेको जानकारी भिलेजचिफ अल्बर्ट तामांगले दिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?