आज मई दिवस साथै मजदुर दिवसको अवसर पारेर हरेक वर्ष झै यस वर्ष पनि त्याग , अहिंसा र सेवाका प्रतिरूप गुरुजी मंगलदासजी महाराजको ३३औं स्मृति दिवसको पुण्य दिनमा गुरूजी मंगल - प्रभा सेवा समितिको आयोजनामा यहाँको रङबी विभागमा रक्तदान शिविर साथै निःशुल्क स्वास्थय जाँच शिविरको आयोजन गरियो । दार्जीलिङबाट आएका रेड क्रस, ब्लड बैंक साथै रम्बी बीपीएचसीको संयुक्त प्रयासमा आयोजित स्वास्थय शिविरमा मोठ 36 जनाले निस्वार्थ रक्तदान गरे भने 70 भन्दा अधिक बिमारीहरूले आफ्नो स्वास्थय जाँच गराउँदै लाभ उठाएका थिए । यस शिविरमा आयोजक समिति गुरूजी मंगल प्रभा सेवा समितिसंगै स्थानीय मानिसहरूको पनि उत्तिकै सक्रियता अनि सहभागिता रहेको थियो ।।
रक्तदान एवम नि:शुल्क स्वास्थ्य जाँच शिविर
loading...
Post a Comment
We love to hear from you! What's on your mind?