यहाँको रविन्द्र श्रमिक कल्याण केन्द्र भवनमा बिजनबारीका ख्यातिप्राप्त गायक खेमनारायण सुब्बाको एकल गायन सांगीतिक कार्यक्रम सम्पन्न भएको छ | श्याम राई अनि देवलाल मोक्तानको प्रायोजनमा सम्पन्न मधुर सांगीतिक कार्यक्रमलाई देवलाल मोक्तान स्वयंले संचालन गरेका थिए | प्राय: नेपाली सास्त्रीय संगीत अनि सुगम संगीतमा रुची राख्ने खेमनारायणले भक्तराज आचार्य, नारायण गोपाल, बद्री-दुर्गा खरेलका सुमधुर गीत गजलहरु खुबै न्यायपुर्वक प्रस्तुत गरेका थिए | कार्यक्रम बिशेष गरेर यहाँको सरस्वती उच्चतर माध्यमिक विधालयका विधार्थीहरुको निम्ति प्रस्तुत गरिएको थियो | वस्तुत: गीत संगीत गाउने सुन्ने मोड विधार्थी जीवनदेखि नै शुरु हुने गर्छ, यही समयावधि भित्र नै विधार्थीहरुले आफ्नो जातीय गीत संगीतलाई पर सारेर पाश्चात्य संगीत प्रति धेर रुची बढाई अंग्रेजी रक, मेटल संगीतहरु धेर सुन्ने गरेको पनि देख्न पाइन्छ भने आज विधार्थी नानीहरुको निम्ति यो नेपाली गीत गजलहरुको प्रस्तुति हाम्रो आफ्नै नेपाली गीत संगीतको माधुर्य विधार्थीवर्गको मन मष्तिषकमा खिल्ने बेग्लै शिक्षा जस्तो पनि देखिएको छ | साहित्य संगीतमा संधै अग्रसर अनि ख्याती कमाएको मङपु क्षेत्रमा सम्भवत: खेमनारायणको यो पहिलो प्रस्तुति हुन सक्छ | कार्यक्रममा गायक सुब्बालाई मङपुकै ख्यातिप्राप्त गायक राजेन आलेले तबलामा साथ दिएका थिए भने आनन्द राईले गितारमा साथ दिए | गायक खेम नारायण सुब्बाले नेपाली संगीतलाई अघावै थुप्रै गीति एल्बमहरु दिइसकेका छन् जसमा आफ्नै भाका, संघार बाहिर, संचयन र फेसबुक(सांगीतिक भिडियो) आदि हुन् |
Post a Comment
We love to hear from you! What's on your mind?