सर्व शिक्षा मिशन अनि बोर्ड अफ सेकेण्डेरी एडुकेशनको तत्वधानमा आयोजित सप्ताहव्यापी कार्यक्रम लिएर रङबी ज्ञानपीठ विधालयका शिक्षक कन्चन कुमार राई अनि शिक्षिका पासाङ लमु डुक्पाको अगुवाईमा सातौँ श्रेणीका ३१ जना छात्र – छात्राहरु लिएर गत १७ अप्रेलको दिन सिंग्रीताम प्रस्थान गरे भने सिंग्रीताम प० जवाहरलाल नेहरु विधालयबाट शिक्षक पुलक मोक्तान अनि शिक्षिका भावना गुरुङको अगुवाईमा सातौ श्रेणीका ३१ जना विधार्थीहरु त्यसै दिन मङपु रङबी ज्ञानपीठ विधालयमा आइपुगेका थिए | ती विधार्थीहरुलाई शिक्षक अजय स्याङबो र सुजित मोक्तान द्वारा स्थानीय रङबी सिम्बोडीयम अर्किड पार्क नर्सरी भ्रमणमा लगियो | यसरी नै १८ अप्रेलको दिन विधार्थीहरु माझ अन्तर विधालय फुटबल म्याच खेलाइयो भने १९ अप्रेलको दिन मङपु स्थित विश्व प्रसिद्ध कुइनाइन कारखाना, रविन्द्र भवन, लाइब्रेरी, डाइरेक्टर बङलोको भ्रमणमा लगियो | सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २० अप्रेलको दिन सिट एण्ड ड्र अनि २१ अप्रेलको दिन सांस्कृतिक कार्यक्रम गरिने जानकारी विधालय प्रधान अध्यापक बीके गुरुङले दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?