गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि अन्तर्गत लाब्दा शाखा धेरै दिनहरुदेखि निष्क्रिय भएवापद विघटन गरिएको प्राय: पन्द्रह दिनपछि पुन: गठन गरिएको छ | आज प्रमुख सल्लाहकार अर्जुन सिंग्दनको सभापतित्व साथै मङपु लाब्दा समष्टि सभासद रतन कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न पुन: गठन कार्यक्रमलाई मोर्चा युनियन जोन सभापति सुरेन राईले संचालन गरेका थिए भने निशेष मुखियाले उपस्थितिवर्गलाई स्वागत जनाएका थिए | बर्तमान बङ्गाल सरकारको रणनीति अनि चलखेललाई मध्यनजर गरि हरेक मोर्चाको हरेक शाखाहरु मजबुत भएर बस्नुपर्ने अनिवार्यता बिच मोर्चा लाब्दा शाखाका समर्थकहरुले नै झट्टै शाखालाई पुनर्गठन गर्दै मजबुत पार्न यस कार्यक्रमको आयोजन गरिएको जानकारी छ | आज मोर्चा लाब्दा शाखा गठन सर्वसम्मतिसाथ यस्तो प्रकारले गठन गरियो जसमा सभापति भुपाल मोक्तान, सचिव दिपेन तामांग, उपसभापतिहरु क्रमैले शमीर मोक्तान, उमेश तामांग, ध्रुब राई, अजय राई, सहसचिवहरु क्रमैले सन्तोष सिंग्दन अनि राकेश पाख्रीन, सल्लाहकार प्रमुख कमल थापा, अम्बर गिरी, सिठु मोक्तान, प्रदीप छेत्रीलाई चयन गरिएको छ | यसरी नै यही पुन: गठन कार्यक्रमबाट मोर्चा युनियन लाब्दा शाखालाई पनि नयाँ पदाधिकारीहरुको साथ पुनर्गठन गरियो जसमा सभापति कमल थापा, सचिव निषेश मुखियालाई चयन गरियो भने बाँकी पदाधिकारीहरु नवगठित शाखाको अनुमोदन कार्यक्रममा चयन गरिने अनि युवा मोर्चा, नारी मोर्चा पनि पुनर्गठन गरिने जानकारी छ | पुनर्गठन कार्यक्रममा मुख्य रुपले उपस्थित सभासद थापाले आफ्नो सम्बोधनमा नवगठित शाखा अनि यसका पदाधिकारीहरुलाई बधाई दिंदै शाखाको सभापति द्वारा स्वेच्छाले राजिनामा दिएपछि शाखाकै समर्थकहरुबाट चाडो पुन: गठन गरिनुपर्ने सुझाव राख्दा यो मोडमा आइपुगेको बताए भने शाखा सम्हालेपछि जुनैपनि परिस्थितिमा पछि नहट्नु पर्ने सुझाव राखे | सङ्गठन जहिले पनि एकल निर्णय अनि नीतिले नचल्ने हुँदा यसलाई जहिले पनि एकार्कामा सुझबुझ राखेर चल्ने सुझाव राख्दै आफुबाट जहिले पनि सहयोग रहने पनि उनले जनाए | उनले अझ बताए अनुसार अहिले परिस्थिति दुई धारे भएर आएको छ जहाँ एकापट्टी जातीय मुद्दा छ भने अर्कोतिर छुट्टा छुट्टै विकाश बोर्डहरुमा आफ्नै गोर्खे दाजु भाईहरु क्षणिक प्रलोभनमा परि विपक्षमा लागेको छ | यस्तो परिस्थितिमा क्षणिक स्वार्थ हेरेर आफ्नो जातिलाई नै संकटको घेरामा हाल्ने काम गर्नु नहुने बताउंदै पहाडमा जतिनै पार्टीहरु आएपनि केवल अध्यक्ष बिमल गुरुङले मात्र संधै अडिग भइ गोर्खाल्याण्डको मागलाई अघि बडाइरहेको छ र केवल गोर्खाल्याण्डले मात्र समस्त गोर्खाहरुको चिन्हारी साथै भविष्य निर्धारण गर्छ यसैले जस्तै प्रलोभन देखाउंदै बंगाल सरकारले गोर्खाहरुलाई टुक्राउने कोशिश गरेपनि हामी संधै एकमुष्ठ भइ गोर्खाल्याण्डको आन्दोलनलाई निरन्तरता दिनपर्छ भनि सबैलाई एक हुने आह्वान गरे | आजको कार्यक्रममा मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा आदिले पनि सम्बोधन गर्दै नवगठित शाखालाई भविष्यमा एकजुट भइ काम गर्ने शुभकामना दिए भने सभामा केन्द्रीय समिति सदस्य प्रदीप छेत्री, मोर्चा समष्टि प्रचार प्रचार सचिव बुद्ध कुमार थापा, प्रदीप छेत्री, मुकेश थापा आदिको पनि उपस्थिति रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?