गत आइतबार स्थानीय ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा आयोजित रम्बी शाखा तृणमूल कांग्रेसको सभामा रङबी सिन्कोना विभागका दश दिने अनि बीस दिने सिजनल लेबरहरु आफुहरुले यतिका दिनसम्म भोग्दै आइरहेको समस्या स्थायीकरण विषय लिएर कहीकतैबाट पनि गुहार नपाउंदा अन्तमा तृणमूल कांगेसको शरण परि यस पार्टीको झण्डा समातेको छ | पार्टीका महिला एकाई सचिवा रेजिना गुरुङको अध्यक्षतामा सम्पन्न यस सभालाई रेशेप ग्राम पंचायतका सचिव संजोक राईले स्वागत सम्भाषण राखेका थिए | टीएमसी पार्टीको मजदुर युनियनबाट आफ्नो समस्या हल हुने आशामा आएका सिजनल लेबर प्रतिनिधिहरु क्रमैले निर्मल तामांग, योग्य तामांग, अशेष तामांग, अर्पण गुरुङ, वाङगेल तामांग आदिले पार्टी प्रतिनिधि सामु आफ्नो समस्याहरु वृतान्त सुनाउदै केवल टीएमसी पार्टी र यसको युनियनले मात्र हाम्रो समस्यालाई समाधान गर्नुसक्नेमा आशावादी रहेको जनाए | यही क्रममा कर्मचारी संगठन उपसभानेत्री रेखामणि राईले पनि आफुले जति नै गोजमुमोलाई सहयोग गरे पनि उल्टो आफुलाई नै बाइकट गरेको गुनासो गर्दै केवल टीएमसी पार्टीले मात्र समस्याको समाधान गर्ने बुझेर नै पार्टीको झण्डा ग्रहण गरेको बताए |
यसरी नै ट्रेड युनियन सभापति संजय थापाले नयाँ सदस्यहरुलाई स्वागत जनाउंदै क्षेत्रीय पार्टीहरुले केवल गोर्खाल्याण्डको नाममा धेरै अल्झाएर झन् समस्या बढाएको छ, आज टीएमसी पार्टीको नीति राम्रो छ, यो राष्ट्रीय पार्टी हो यसैले हामी खुलेर राजनीति गर्छौं भन्दै सिन्कोना विषय लिएर हामीले कोलकाताको मन्त्रीहरुसंग बातचित गरी पत्रहरु, दस्तावेजहरु बुझाईसकेका छौँ भनी जनाए | यसरी नै कर्मचारी संगठन सभापति नील कुमार गुरुङले पनि सम्बोधन गर्दै अब गोर्खाल्याण्ड हुँदैन, सबै लुटेर खाईसके भन्दै हाम्रो मजदुरहरुले आफ्नो हक र अधिकार पाउन पर्छ र यसको निम्ति आफ्नो पक्षबाट सकभर कोशिश गर्ने पनि उपस्थितिलाई जनाए | यसरी नै टीएमसी पार्टी महिला सचिवा रेजिना गुरुङले सम्बोधन गर्दै मानिसलाई जन्मदादेखि नै समस्याले घेरेको हुन्छ र समस्याको समाधानतिर लाग्नु पर्छ भन्दै आज जति पनि स्वयसेवक शिक्षकहरुको भविष्य पनि मुख्यमन्त्री ममता ब्यनार्जीले नै बनाईदिएको बताए | यसैले सिन्कोना मजदुरहरुको पनि समस्याको समाधान हुन्छ भन्दै सबैलाई एक भएर अघि आउने आह्वान गरिन | सभालाई केन्द्रीय कार्यकारिणी सभापति दार्जिलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन सभापतिले पनि सम्बोधन गर्दै सिन्कोना बगान बिषय लिएर सबैले नै सोंच्न जरुरी रहेको बताउंदै हामी यस विषयमा सम्बन्धित मन्त्री लगायत मुख्यमन्त्री ममता ब्यनार्जीलाई पनि सिन्कोना बगान अनि यहाँको कारखानाको अवस्था बारे कुरा राख्ने आश्वस्त गराए ||
Post a Comment
We love to hear from you! What's on your mind?